नेपाली वैज्ञानिकको उपलब्धि : ‘अन्धाे’ बाँदरलाई दृष्टि मिल्याे, अब परीक्षण मानिसमा

डा.कमल ढकाल र युनिभर्सिटी अफ रोचेस्टरमा टिम।

मानव दृष्टि ज्यादै संवेदनशील र अत्यन्त कठिन प्रक्रियाबाट बनेको हुन्छ।

यो गुमिसकेपछि फिर्ता गर्न असम्भव प्रायस् छ तर आँखाको रेटिनामा लाग्ने रोगहरूबाट हुने अन्धोपनको अहिलेसम्म उपचार सम्भव नभए पनि छिट्टै यसको उपचार हुन सक्ने सम्भावना अहिले भइरहेको प्रारम्भिक अनुसन्धानको नतिजाले देखाएको छ।

केही त्यस्ता प्रविधिको मानिसमा परीक्षणसमेत सुरू भएको छ ।

जन्मजात अन्धो भएको मान्छेको दृष्टि फर्काउन सम्भव देखिँदैन सायद विज्ञानको विकास हुँदै जाँदा त्यो कुनै समयमा सम्भव पनि होला तर अहिले नै भन्न सकिने अवस्था छैन।

विश्वभरको तथ्यांक हेर्दा जन्मजात अन्धो हुने भन्दा आँखामा रोग लगाएर अन्धो हुनेको संख्या धेरै छ।

अहिले वैज्ञानिकको अनुसन्धान यसरी जन्मजात अन्धो नभएका तर पछि रोग लागेर अन्धो हुन पुगेकाको को दृष्टि कसरी पुनर्स्थापना गर्ने भन्नेमा केन्द्रित छ
ि
आँखामात्र भएर पनि दृष्टि प्राप्त हुँदैन यसका लागि आँखाबाट मस्तिष्कसम्मको भाग सुरक्षित हुनुपर्दछ।

फेरि आँखाबाट हजारौं स्नायु नसा मस्तिष्कसम्म पुगेका हुन्छन्। स्नायु नसाहरूलाई काटेर जोड्न, फेर्न मिल्दैन त्यसैले मुटु, कलेजो र फोक्सोसमेत ट्रान्सप्लान्ट गर्न सकिने जमानामा भने आँखा ट्रान्सप्लान्ट गर्न सकिएको छैन।

यसको प्रमुख कारण हो आँखाको जटिल बनावट र मस्तिष्कसित यसको सिधा कनेक्सन।

हुन त हामीले आँखा दानको बारेमा सुनेका छौं तर आँखा दान भनेको मरेको मान्छेको आँखा निकालेर सिधैँ अर्को आँखा नदेख्ने मान्छेको मा शल्यक्रिया गरेर सिंगै आँखा हाल्ने होइन।

कतिपय मानिसहरूमा आँखाको कोर्निया, हाम्रो आँखाको सबैभन्दा अगाडिको भागमा रोग वा अरू विभिन्न कारणले गर्दा बिग्रन्छ र उसले देख्न सक्दैन त्यस्तो केसमा मात्र मरेको मान्छेको आँखाको कोर्निया निकालेर हाल्ने गरिन्छ। आँखाको अरू कुनै पनि भाग ट्रान्सप्लान्ट गर्न मिल्दैन।

संसारमा अन्धोपनाको एक प्रमुख कारण आँखाको पर्दा ९जसलाई अंग्रेजीमा रेटिना भनिन्छ, मा लाग्ने रोगहरू हुन्। रेटिनामा लाग्ने रोगहरू जस्तै रेटिनाइटिस पिगमेन्टोसा र म्याकुलर डिजनरेसन अन्धोपन गराउने प्रमुख कारण हुन्।

यी रोग लागिसकेपछि आँखाको रेटिनामा पाइने फोटोरिसेप्टर कोषहरू विस्तारै मर्दै जान्छन्। फोटोरिसेप्टर कोसहरू आँखामा मात्रै पाइने महत्त्पूर्ण कोषहरू हुन् जसले वस्तुबाट परावर्तन भएर आएको प्रकाशको तरंगलाई विद्युतीय तरंगमा बदल्छन्।

यसरी उत्पन्न भएको तरंगमा बाहिरी वस्तुको सूचना जस्तै चाल, आकार, प्रकार, रंग आदि अन्तरनिहित हुन्छ जुन विभिन्न प्रक्रिया पूरा गरी आँखाको दृष्टि नसा हुँदै हाम्रो टाउकोको पछाडि रहेको भाग भिजुअल कर्टेक्समा पुग्छ र हामीले उक्त वस्तु देख्छौं।

आँखाको फोटोरिसेप्टर कोषहरू मरे पनि अरू भाग र आँखाबाट मस्तिष्कसम्म विद्युतीय तरंग जाने बाटो लगभग– लगभग सुरक्षित नै रहन्छ।

त्यसैले कुनै पद्धतिद्वारा फोटोरिसेप्टरको जस्तै काम गर्ने तरिका निर्माण गर्न सके आँखाको पर्दामा रोग लगाएर गुमाएको दृष्टि फेरि फर्काउन सकिन्छ।

विकसित राष्ट्रहरूमा यसका लागि इपिरेटिनल र सवरेटिनल भिजुअल प्रोसेसिस उपकरण उपलब्ध छन् ।

यी उपकरणहरूमा मसिना तार, एलेक्ट्रोड, रेटिनाको माथि राखेर बाहिर बाट करेन्ट पठाई विद्यतीय तरंग उत्पन्न गरिन्छ र यसरी कृत्रिम रूपमा उत्पन्न विद्यतीय तरंग दृष्टि नसा हुँदै लगभग पुग्ने हुनाले मानिसले प्रकाशको अनुभूति गर्छ छ तर यसले अपेक्षित सफलता पाएको छैन।

यो विधिबाट अन्धो मान्छेले झल्याक्क झुलुक्क प्रकाश देख्न त सक्छ तर वस्तु पहिचान गर्न गाह्रो पर्छ ।

किनकि एलेक्ट्रोडको रिजोलुसन प्राकृतिक आँखाको जस्तो कदापि हुन सक्दैन।

हराएको दृष्टि फेरि पुनर्स्थापना गर्न अहिले जिनथेरापी, स्टिम सेलथेरापी र अप्टोजिनेटिक्स अनुसन्धानको क्रममा छन् र यी तीनै माथि भनिएजस्तो उपकरणमा आधारित नभई आँखाको फोटोरेसेप्टरमा हुने प्राकृतिक प्रोटिनलाई बदलेर वा त्यस्तै प्रकृतिका प्रोटिनलाई अन्धो मान्छेको आँखामा प्रत्यारोपण गरिन्छ र यी पद्धतिहरूको प्रारम्भिक नतिजा धेरै राम्रो र आशालाग्दो छ।

अमेरिकाको प्रतिष्ठित रोचेस्टर विश्वविद्यालय, न्युयोर्कस्थित सेन्टर अफ भिजुअल साइन्स मलगायत मेरो अनुसन्धान टोलीले अप्टोजिनेटिस्क पद्धतिको प्रयोग गरी अन्धो बाँदरको दृष्टि पुनर्स्थापना गर्न सफल भएका छौं।

यसको नतिजा भर्खरै विश्वको प्रसिद्ध जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित पनि भएको छ ९जसलाई यहाँ क्लिक गरेर हेर्न सकिन्छ०।

यो प्रविधिमा पानीमा हुने वनस्पतिमा पाइने एक प्रकारको प्रोटिन निकालेर बाँदरको आँखाको रेटिनामा हालेका थिए । यो माइक्रोबिअल प्रोटिन जसलाई च्यानलरोडॉप्सिन भनिन्छ, हाम्रो आँखाको फोटोरिसेप्टरमा हुने अप्सिन, रोडॉप्सिन, सँग मिल्दोजुल्दो हुन्छ।

यसरी यो जुन कोषमा हाल्यो त्यही कोष फोटोरिसेप्टर जस्तै काम गर्दछ।

त्यसकारण फोटोरिसेप्टर मरेको खण्डमा बाँकी रहेको कोषलाई फोटोरिसेप्टर जस्तै काम गर्ने बनाउन सकिन्छ।

यस अध्ययनमा बाँदरलाई पहिला फेमटो सेकन्ड लेजर प्रयोग गरेर आँखको एक भागमा रहेका फोटोरिसेप्टरलाई सुरक्षित तवरले हटाइ अन्धो बनाइएको थियो पछि च्यानलरोडॉप्सिनलाई आँखामा राखेर हेर्दा यी प्रोटिनहरूले प्रकाशलाई विद्धतीय तरंगमा बदलेको पाएको थियो।

अनुसन्धानकर्मीकै लागि यो ठूलो खुसीको विषय हो। तथापि यसको पूर्ण परीक्षण मानिसमा भने भर्खर सुरू भएको छ।
हाम्रो ग्रुपले स्टेम सेल ट्रान्सप्लान्टको अनुसन्धानमा पनि लागिपरेको छ।

यो विधिबाट स्टेम सेललाई आँखामा ट्रान्सप्लान्ट गरिन्छ र ती स्टेम सेल विस्तारै प्राकृतिक फोटोरिसेप्टरमा बदलिन्छन्।

तर यी स्टेम सेलबाट बनेका फोटोरिसेप्टरहरू धेरै संख्यामा हुने र तिनीहरूले अरु सेलसित कनेक्सन बनाउन सक्छन कि सक्दैनन् भन्ने अझै अनुसन्धानकै विषय छ।

तर स्टेम सेल विधि सफल भएमा सबैभन्दा उत्तम विधि यही हुन्छ रेटिनाको रोग लागेर अन्धो भएकाहरूका लागि।

आशा गरौं अब छिट्टै जिनथेरापी, स्टेम सेल ट्रान्सप्लान्ट वा अप्टोजिनेटिस्कमध्ये कुनै एकबाट अन्धोपनको उपचार सफल हुनेछ।

म १० वर्षदेखि बायो फिजिक्ससम्नन्धी अनुसन्धान र ५ वर्षयता दृष्टि पुनर्स्थापनामा केन्द्रित भएर भिजन साइन्सको अनुसन्धन मा काम गर्दै आएको हुनाले यसबारेमा लेख तयार पारेको छु ताकि मानिसमा केही सकारात्मक समाचार पनि पुगोस्।

फेरि अहिले एकातिर विज्ञान प्रयोगशालाभित्र मात्र सीमित भएको र विज्ञानलाई कर्पोरेट राजनीतिले निर्देश गरेको अवस्था छ। यसले गर्दा विज्ञानको स्वतन्त्र विकास हुन पाएको छैन, जसले गर्दा हामीसित स्वचालित मानवरहित ड्रोन, अत्याधुनिक हातहतियार हुँदा साधारण रोगको औषधीसमेत भएन।

फेरि अर्कोतिर हामी वैज्ञानिकहरू पनि आफूले बाहेक अरू कसैले नबुझ्ने जार्गन र टेक्निकल भाषाले भारिएको अनुसन्धानक कृति प्रकाशित गरेर आफ्नो बायोडाटाको पाना भर्न व्यस्त भयौं तर समाजलाई वैज्ञानिक दृष्टिकोण दिनबाट चुक्यौं जसको कारण समाज दिनानुदिन आधारहीन कुराहरूले ध्रुवीकृत हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय