पर्सामा थप ५५ जनामा कोरोना संक्रमण

पर्सामा थप ५५ जना कोरोना भाइरस संक्रमण देखिएको छ।

वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको पिसीआर परीक्षण गर्दा ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

संक्रमित हुनेमध्ये पर्सा बस्दै आएका सर्लाही १ जना, ३ जना बारा र ५१ जना पर्साकै छन्।  नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा‌‌ मदनकुमार उपाध्यायका अनुसार ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ। सक्रमित हुनेमा २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन्।

शुक्रबार राति ५५ जना पष्टि हुनेमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह पनि रहेका छन्। बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए।

उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने आर्मी ब्यारेकका एक जवानमा पनि कोरोना देखिएको छ।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय