देशभर सरकारी चिकित्सकको नयाँ नेतृत्वको लागि मतदान सुरु, बेलुका ५ बजेपछि मत परिणाम आउने

सरकारी चिकित्सक संघ नेपाल(गोदान) को चोथौँ कार्यकालको छनौटका लागि निवार्चन सुरु भएको छ। निर्वाचन विहान ७ बजे देखि शुरु भएको बेलुका ५ बजेसम्म जारी रहने निवार्चन समितिका प्रमुख डा. रुद्र मरासिनीले जानकारी दिए।

नेपालमा चिकित्सकहरूको संगठनमा अनलाइनमा प्रविधिबाट पहिलो पटक निर्वाचन हुन लागेको हो।

कोरोना भाइरस( कोभिड १९) का बीच हुन लागेको निर्वाचन मतदान स्थलमा गएर लाइन बसेर भोट हाल्नु बाध्यता हुने छैन।

निर्वाचन मताधिकार भएका चिकित्सक संख्या ७ सय ६८ रहेको गोदानले जनाएको छ।

निर्वाचनमा राजनीतिक अस्थाका आधारमा प्रजातान्त्रिक र प्रगतीशील समूह मैदानमा छ । गौतम नेतृत्वको लोकतान्त्रिक समूह चिकित्सकप्रति सरकार नै अनुदार रहेको कारण सरकारी चिकित्सकहरुको साथ आफूले पाउँने आशामा छ ।

तर, वर्तमान महासचिवसमेत रहेका डा. खड्का समूह भने पार्टी सत्तामै भएकोले काम गर्न सहज हुन्छ भनेर चिकित्सकहरुले विश्वास गर्छन् भन्ने आशमा छ ।

अध्यक्षको लागि डा.रविन खड्का र डा. समाज गौतमको प्रतिस्पर्धामा छन । डा. खड्का प्रगतीशील र डा. गौतम प्रजातान्त्रिक समूहका हुन् ।

महासचिवको लागि डा. कार्तिपाल सुवेदी र डा. विजय कुमार साहबीच प्रतिस्पार्धा हुनेछ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षको लागि डा. विजय थापा र डा. राम प्रसाद सापकोटाले उम्मेवारी दिएका छन् भने उपाध्यक्षको लागि डा. विप्लव घिमिरे र डा सुशील मोहन भट्टराई बीच लडाई हुने छ।

बेलुका पाँच बजे मतदान अवधी सकिदा मत परिणाम पनि संग संगै आउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय