सरकारकाे वेवास्ताले भन्दा समुदायकाे भेदभावले दु:खी छन् नर्स

साउन २४– बुटवलस्थित लुम्बिनी प्राविधिक अस्पतालकी नर्सिङ प्रमुख इन्चार्ज ज्योति पौडेल नर्सहरुको अवस्था देखेर अहिले दुःखी छिन् ।

कोरोना महामारी बढ्दै जाँदा रात दिन नभनि सेवा गर्दा वाहवाही गर्नुपर्ने समुदाय नै उनलाई भेदभावको नजरले हेर्छ ।

‘केही दिन सेवा गरेपछि प्रोटेकलअनुसार नर्सहरुले होम आइसोलेसनमै बस्छु भन्दा समेत समुदायले नै टोलछिमेकले दिइरहेको छैन्,’ उनले भनिन् ।

नर्सिङ इन्चार्ज समेत रहेकी उनले भोगाईमा समग्र सहकर्मीको पीडा बोध हुन्छ । त्यसो त उनी आफैको भोगाई पनि उस्तै छ । एकचोटी उनीहरु पुन प्रयोग गर्न सकिने पिपिईको लागि पसलमा कपडा हेर्न गएका थिए ।

त्यहाँ व्यपारीले अस्पतालबाट आउनु भएको होइन? भनेर प्रश्न गरे । ‘त्यसको जवाफमा उनीहरुले सम्मान भावको सट्टा अहिले जानुस् हामी आफै अस्पताल नै आएर देखाउछु भनेर फर्काइदिए’ पौडेलले सुनाइन् ।

यो भेदभावको असर अहिले नर्सका मन दुःखेका मात्रै होइनन् सेवासमेत प्रभावित भएको छ । समाजले गरेको छि:छि: र दुर्व्यवहारका कारण अहिले नर्सहरु समेत यस तर्फ आकर्षित भइरहेका छैनन् ।

सुरुसुरुमा त स्टाफहरु नपुगेर करारमा माग्दासमेत पहिला निवेददन हालेर पनि पछि कोरोना संक्रमितका उपचार गर्ने भन्ने थाहा पाएपछि सम्पर्कमै नआएको उनीको अनुभव छ ।

‘पहिला जागिरे पाउने भनेर उत्शाहित भएकासमेत पछि संक्रमितको उपचार गर्ने हो भनेपछि फोन नै नउठाई बसे’ उनले थपिन् ।

जोखिम मोलेरै सेवारत नर्स यतिबेला सरकारले घोषणा गरेको सेवा सुविधाबाट समेत बञ्चित हुनुपरेको छ । ‘हाम्रै अस्पतालमा खटिएका साथीहरुले एक महिनाको मात्रै जोखिमभक्ता पाएका छन्’ उनले थपिन, ‘तीन महिनाको त पाउँनै वाँकी छ’

‘सरकारका त नर्सप्रति सधै अनुदार छ, तर महामारीको समयमा नागरिकको जीवन रक्षाका लागि काम गरेका छन् भनेर समुदायबाट चाँही वाहवाही पाउनुपर्नेमा झन भेदभाव ?’

जोखिमका बेलामा करारमा आवद्ध भएका नर्सहरुलाई महामारी सकिएसँगै सरकारले विदा गर्छ भन्ने कुराले पनि पिरोलिरहेको छ । उनीहरुले जोखिममा काम गरेपछि मानवीय आधारमा पनि सेवा करार निरन्तरता होला भने आशमा छन् ।

महामारीको समयमा नर्समाथि सरकारले गरेको विभेदभन्दा समुदायले गरेको भेदभावले उनीहरुलाई दुःखी बनाएको छ ।

‘सरकारका त नर्सप्रति सधै अनुदार छ, तर महामारीको समयमा नागरिकको जीवन रक्षाका लागि काम गरेका छन् भनेर समुदायबाट चाँही वाहवाही पाउनुपर्नेमा झन भेदभाव ?’ पौडेलले थपिन् ।

नेपाल नर्सिङ संघका अध्यक्ष मनकुमारीले राईले नेपालमा अहिलेसम्म जम्मा २१ जनामा कोरोना पोजिटिभ भएको बताइन् । जसमध्ये आठ जना अहिले पनि आइसोलेसनमै छन् ।

अध्यक्ष राइले समेत संक्रमितको उपचारमा खटिएका नर्सले सुरुसुरुमा बढी नै भेदभाव सहेपनि अहिले क्रमशः घट्दै गएको सुनाइन् ।

‘सुरुसुरुमा नर्सहरु कोरोनाको विरामी भएको ठाउँमा काम गर्न भन्ने वित्तिकै घरधनीहरुले अस्पतालमा बस कोठामा नआउ भन्थे’ उनले भनिन् ।

यस्तो समस्याबाट उपत्यकाभित्रै त्रिवि शिक्षण अस्पतालकै नर्ससमेत पीडित बनेका थिए । ‘बनेपाका एकजना नर्सलाई त आफ्नै घर परिवारले घर नआउनु भने,’ उनले सुनाइन् ‘अस्पतालमा कुरा गरेर अस्पताल मै बस्नु भनेछन्’

मनकुमारीका अनुभवमा यस्ता भेदभाव बढेसँगै नर्ससमेत बरु जागिरै छोड्न बेस भन्ने सोच आएको उदारहण दिइन् । ‘पाटनमा एकजना नर्सले चाहि कोरोनाको विरामीलाई हेर्नुपर्छ भनेर जागिर नै छोडेर हिँडिन’ अध्यक्ष राई भन्छिन् ।

राइले अहिले नेपालमा नर्संहरुको लागि चाहिने पिपिईदेखि सबै सामान उपलब्ध भएको बताइन् ।

अरुबेलामा भन्दा अहिले अस्पतालमा काम गर्ने सबैलाई गाह्रै भएको अध्यक्ष राईको बुझाइ छ । उनले संक्रमित नर्सहरु डिप्रेसनमा जाने गरेको समेत बनाइन् ।

नर्स चण्डेश्वरी सुवालले आफूहरुले ज्यानको बाजी थापेर कोरोना विरामीको सेवा गर्दा पनि समाजले चाहिँ अछुत जस्तो दुव्र्यबहार देखाउने गरेको बताइन् ।

‘घरपरिवार केही वास्ता नगरी अस्पतालमै हप्तौंहप्ता बसेर सेवा गर्छौ’ उनले थपिन्, ‘हाम्रो सेवा गरेका छौ भनेर सम्मान पाउनु त कता हो, नजिकसमेत नपरी अछुतो व्यवहार गर्छन्’ उनले थपिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय