चिकित्सक संघले भन्यो– ‘संक्रमित स्वास्थ्यकर्मीलाई छुट्टै अस्पताल र उपचारको व्यवस्था होस’

नेपाल चिकित्सक संघले संक्रमित स्वास्थ्यकर्मीलाई छुट्टै अस्पताल र उपचारको व्यवस्था गराउन सरकार समक्ष माग गरेको छ। नेपालमा ८० बढी स्वास्थ्य संस्थाका २ सय २१ जना स्वास्थ्यकर्मी मध्ये ५१ जना चिकित्सकहरु कोरोना संक्रमित भएको भन्दै संघले सरकार समक्ष सो माग राखेको हो।

त्यसैगरी, संघले सबै स्वास्थ्यकमीलाई जोखिम भत्तामा समान रुपमा वितरण गर्न सरकारलाई माग गरेको छ। सरकारले घोषणा गरेको जोखिम भत्ता वितरणमा विभेदीकरण गरेको भन्दै संघले विरोध जनाएको छ।

संघले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोभिड बीमा अनिवार्य रुपमा लागू गरी उच्च मनोबलका साथ सुरक्षित भई काम गर्ने वातावरण बनाउन सरकारलाई  आग्रह गरेको छ।

संक्रमण दिनप्रतिदिन बढ्दै गएको र कोभिड निर्धारित अस्पतालहरुमा छुट्टयाइएका बेडहरुको समेत अभाव हुने भएकोले नीजि अस्पताल तथा मेडिकल कलेजहरुलाई पनि संलग्न गराउनु पर्ने संघले जनाएको छ।

स्वास्थ्यकर्मी तथा चिकित्सक दिनप्रतिदिन संक्रमित दर बढिरहेको अवस्थामा आवश्यक सुरक्षा सामग्रीहरुको सहज रुपमा उपलब्ध हुनुपर्ने, संक्रमण रोकथाम सम्बन्धी तालिम दिनुपर्ने र संक्रमित भएका स्वास्थ्यकर्मीलाई छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गर्नु पर्ने संघले माग छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय