मुलुकभर ५५ चिकित्सक संक्रमित, सबैभन्दा बढी प्रदेश २ मा २१

कोरोना महामारीको पछिल्लो अढाई महिनामा ‘फ्रन्टलाइन’का चिकित्सकहरु संक्रमित हुने क्रम हवात्तै बढेको छ। विरामी संख्या बढ्दै जाँदा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु उच्च जोखिममा पर्छन्।

यो कहरमा अहिलेसम्म प्रदेश २ मा सबैभन्दा बढी २१ र वाग्मति प्रदेशमा १९ जना चिकित्सक परेका छन्।
बिरामीको संख्या बढेसँगै जेठदेखि स्वास्थ्य जनशक्तिमा संक्रमण देखिन थालेको हो।

साउनयता चिकित्सक संक्रमणको ग्राफ निरन्तर उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार मुलुकमा हालसम्म ५५ चिकित्सक संक्रमित भएका छन् । शुक्रबार मात्रै उपत्यकामा तीन चिकित्सक संक्रमित भए । जसमा बिरमै कार्यरत दुई चिकित्सक छन् ।
विहीबार बीएण्डबी अस्पताल ग्वार्र्को, अल्का अस्पताल ललितपुर, धनुषा र महोत्तरीका चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको थियो । शुक्रबार सार्वजनिक भएका तीन संक्रमित चिकित्सकमा वीरका २ र काठमाडौंका अर्का अस्पतालका १ जना छन्।

संक्रमितमध्ये ४१ पुरुष चिकित्सक र अन्य महिला छन्। सबै संक्रमित चिकित्सकको पूर्ण विवरण संकलन भइसकेको छैन।

पहिलोपटक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत् चिकित्सकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केहीदिनपछि सप्तरीमा कार्यरत् सेनाका चिकित्सकमा कोरोना देखिएको थियो ।

नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले पछिल्ला दिनमा आम नागरिक र समुदायमा जोखिम बढेसँगै उपचारमा संलग्न जनशक्तिमाथि समेत संक्रमणको जोखिम बढेको बताए ।

उनले चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्रीे उपलब्ध गराउनुपर्ने र एक पटक आम चिकित्सकको स्वाब संकलन गरेर परीक्षण गर्नुपर्ने अवस्था आएको बताए । ‘चिकित्सक संक्रमित भइसकेको छ र लक्षण पनि छैन् भने त्यसले झन् जोखिम थपिन्छ,’ डा. बुढाथोकीले भने, ‘अब गम्भीर भएर स्वास्थ्य जनशक्तिको सुरक्षामा ध्यान दिने बेला आएको छ’ ।

चिकित्सकमा संक्रमण सबैभन्दा बढी प्रदेश नं २ मा छन् । प्रदेश २ को नारायणी अस्पताल वीरगञ्जका मात्रै १० जना चिकित्सक संक्रमित भइसकेका छन् । त्यसैगरी जनकपुर अस्पतालका ४ चिकित्सक संक्रमित भइसकेका छन् ।

यसै गरी गण्डकीमा ६, कर्णालीमा ४, प्रदेश १ मा तीन र प्रदेश ५ मा २ चिकित्सक संक्रमित छन् । चिकित्सकको नाम भने गोप्य राखिएको छ ।

कहाँका कति चिकित्सक संक्रमित ?

इडिसिडी  १
काठमाडौं मेडिकल कलेज ३
नारायणी सामुदायिक अस्पताल, भरतपुर २
पर्वत अस्पताल २
बन्दीपुर अस्पताल १
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २
नेपाल मेडिकल कलेज, जोरपार्टी २
अल्का अस्पताल ३
पाटन अस्पताल १
ह्याम्स अस्पताल १
मेडिसिटी अस्पताल १
सोर्ना पिएचसी बारा १
गल्याङ अस्पताल १
नारायणी अस्पताल वीरगञ्ज १०
विराट अस्पताल १
मनिपाल पोखरा १
तनहुँ निजी १
विरानगर अस्पताल १
नेपाल कोरियामैत्री १
पर्सा ४
प्रदेश अस्पताल जनकपुर ४
भेरी अस्पताल २
पाटन अस्पताल १
सिराह १
धनुषा २
बिएण्डबी १
महोत्तरी १
कलैया अस्पताल बारा १
वीर, अस्पताल २
काठमाडौं १

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय