स्वास्थ्य मन्त्रालय भन्यो– भदौं २ सम्ममा कोरोना संक्रिय संक्रमित ३९ हजार पुग्न सक्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौँ २ गते सम्ममा नेपालमा कोरोना संक्रिय संक्रमित ३९ हजारको हाराहारीमा पुग्ने अनुमान गरेको छ।

मन्त्रालयले गरेको इपि–मोडलिङको अनुसार खराब अवस्थामा साउन २५ सम्म ९१ हजार र मध्यम अवस्थामा भदौं २ गते सम्म ३९ हजार संक्रिय केस हुन सक्ने अनुमान गरेको प्रक्वता डा. जागेश्वर गौतमले बताए।

तर, सबै जनाले कोरोना नियन्त्रण तथा रोकथाम लागि चालेको कदमले गर्दा अनुमान गरेको भन्दा कम संख्यामा संक्रमण पुष्टि भएको उनले बताए। आजसम्म नेपालमा कोरोना संक्रिय केस ६ हजार ३ सय ३० जना रहेका छन्।

‘ २५ हब अस्पताल र २० शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक नेतृत्वमा तुरुन्तै परिचालन गर्ने सक्ने टिमहरु गठन गरी तयारी अवस्थामा राखिएको छ, डा. गौतमले भने,‘ आवश्यकता अनुसार परिचालन हुनेछन्।’

कोरोना संक्रमितको नियन्त्रण र उपचारमा रहेका स्वास्थ्यकर्मी उच्च मनोबल राख्नको लागि सय प्रतिशत सम्म जोखिम भत्ता, २५ लाखको जीवन बिमा, स्वास्थ्य उपचारको प्रबन्ध गरिएको डा. गौतमले बताए।

गम्भीर प्रकृतिका १ हजार ५ सय बिरामी सम्म औषधि र आइसियुको सामग्री बाँकी रहेको उनले दाबी गरे।

‘प्रयोगशाला सामग्री २ महिनाको लागि व्यक्तिगत सुरक्षा साम्रगी (पीपीई) करिब २ महिनाको लागि पुग्ने गरी स्टक रहेको छ। साथै थप आवश्यक सामग्रीको खरिदको लागि प्रक्रिया अघि बढेको छ, डा. गौतमले भने।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय