फरक समूहकाे रगत दिँदा सुत्केरीकाे मृत्यु

जनकपुरको एक निजी अस्पतालले फरक समूहको रगत चढाउँदा सुत्केरी महिलाको मत्यु भएको छ।

जनकपुरधाम–८ स्थित रामजानकी हस्पिटलमा भर्ना भएकी महिलालाई फरक समूहको रगत चढाउँदा मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ।

महिलाको आफन्तले प्रादेशिक अस्पतालस्थित रेडक्रसको कार्यालयबाट ल्याएको रगत उपचारमा संलग्न चिकित्सकले चढाएको थियो।

‘ओ’ पोजिटिभ समूहको रगत चढाउनुपर्नेमा चिकित्सकले ‘बी’ पोजिटिभ रगत चढाएपछि महिलाको मृत्यु भएको आफन्तको आरोप छ।

अस्पतालले आफ्नो गल्ती लुकाउन अरुमाथि दोष लगाउन खोजेको रेडक्रसले दाबी गरेको छ। रगतको पोका दिनमा आफूहरुको तर्फबाट कुनै गल्ती नभएको रेडक्रसका अध्यक्ष नरेश सिंहले बताएका छन्।

‘हामीले आधिकारिक पत्रअनुसार क्रसचेक गरिसकेपछि मात्र रगतको पोका दिने गरेका छौं,’ सिंहले भने,‘आजसम्म कहिले यस्तो त्रुटि भएको छैन् । यसबारे हामी पनि छानिबन गरिरहेका छौं, आफन्तले रगत लगेपछि डाक्टरले जाँच नै गरी बिरामीलाई कसरी रगत चढाउन लगाइयो?’

फरक समूहको रगत चढाइएको भए बिरामीलाई तत्काल ‘रिएक्सन’ हुने भएकोले उपचारमा संलग्न चिकित्कसले तत्काल रगत चढाउन बन्द गर्नु पर्दथ्यो उनको तर्क छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि रगत चढाउनुपूर्व डाक्टरले राम्ररी चेकजाँच गर्नुपर्ने बताए।

‘रेडक्रसबाट मगाइएको रगत कुन ग्रुपको हो, बिरामीको ग्रुपसँग मिल्छ कि मिल्दै चिकित्सकले हेर्नुपर्दछ कि पर्दैन?,’ भट्टराईले भने,‘चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले अस्पतालका चिकित्सकका साथै रेडक्रसका कर्मचारीलाई बोलाएर अनुसन्धान भइरहेको बताए।

‘मृतक महिलाको आफन्तले चिकित्सकले फरक समूहको रगत चढाएपछि मृत्यु भएको भन्नु भएको छ,’ डीएसपी मिश्रले भने, ‘अहिलेसम्म जाहेरीपनि आइसकेको छैन। यद्यपि हामीले अनुसन्धान सुरु गरिसेको छौं।’

छानबिनपछि थप कुरा प्रष्ट हुने उनले बताए। सत्केरी ब्यथा लागेपछि बिहिबार रामजानकी अस्पतालमा भर्ना भएकी महोत्तरी गौशाला नगरपालिका–११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको थियो।

शल्यक्रियापछि उनले छोरीलाई जन्म दिएकी थिइन्।

शल्याक्रिया भएकोले शरीरमा रगत अभावहुँदा अस्पतालले रेडक्रसबाट रगत ल्याउन लगाएको थियो। अस्पतालले भने आफ्नो लापारबाही नभएर रेडक्रसको त्रुटीका कारण महिलाको ज्यान गएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय