उपत्यकामा थप १ सय ६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप १ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज १ सय ६ जनामा कोरोना संक्रमण देखिएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १४ जना , ललितपुरका ३ जना, भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भक्तपुरका २ जना, काठमाडौं ३९ जना, ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंमा ५ जना, भक्तपुरका १ जना, ललितपुरका २ जना, वीर अस्पतालको प्रयोगशालामा काठामाडौंका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका ७ जना, स्टार अस्पतालमा प्रयोगशालामा काठमाडौंका ११, ललितपुरका १ जना, विध ल्याब मा ललितुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

ह्याम्स हस्पिटलमा काठमाडौंका ४ जना, भक्तपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका १ जनामा, सोरिया हेल्थ कियरमा काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हाल सम्म ८७६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ६ सय ७४, भक्तपुरमा ७८ र ललितपुरमा १२४ संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय