थप ४ सय ६४ जनामा कोरोना संक्रमण, मृत्यु संख्या ७० पुग्यो

शुक्रबार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ।

आज ६ हजार ३ सय ३० जना आइसोलेसनमा रहेका डा. गौतमले बताए।

शुक्रबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्।

हालसम्म नेपालमा १५ हजार ८ सय १४ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोना संक्रमणको कारणले ७० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय