काठमाडौंमा थप २ जना कोरोना संक्रमणबाट मृत्यु

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ४५ वर्षकी महिला र ४१ वर्षका पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो।

मृत्यु भएका दुवै जना साउन १९ गते अस्पताल भर्ना भएका थिए।

डा. शर्माका अनुसार महिला सुनौलीकी हुन् । उनमा क्यान्सरको समस्या रहेको थियो। त्यसैगरी, पुरुषमा कुकुरले टोकेपछी अस्पताल भर्ना भएका थिए। उनमा कोरोनाको परीक्षण गरेपछि पोजेटिभ देखिएको थियो।

यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए। मृत्यु भएका पुरुषमा मधुमेह र उच्च रक्तचापका बिरामी भएको डा. शर्मा  जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय