वीर अस्पतालले गर्न थाल्यो कोरोना संक्रमितको उपचार

देशको सबैभन्दा पुरानो वीर अस्पतालले कोरोना संक्रमित राखेर उपचार गर्न थालेको छ। काठमाडौंमा कोभिड अस्पतालका बेड भरिएपछि अस्पतालले संक्रमितको उपचार सुरु गरेको हो।
अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बुधवारबाट संक्रमित राखेर उपचार सुरु गरिएको बताए। अहिले २ जना संक्रमितको उपचार भइरहेको छ।

‘संक्रमितको उपचारको लागि ४ बेड मात्र छुट्याएका छौ, डा. सेञ्चुरीले भने,‘ अन्य बिरामीललाई सेवा दिनुपर्ने भएकाले बेड बढाउन सकिएको छैन।’

आज अस्पतालमा कार्यरत एक चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको उनले बताए। संक्रमित चिकित्सक इमजेन्सी विभागमा कार्यरत रहेका छन्। डा. सेञ्चुरीका अनुसार संक्रमित चिकित्सकमा ज्वरोको आएपछि पीसीआर गर्दा कोरोना पुष्टि भएको हो।

संक्रमित चिकित्सकलाई अस्पताल नै ल्याएर उपचार गर्न तयारी भएको उनले जानकारी दिए।

बिहिबार इन्टरनल मेडिसिन विभागका एक जना चिकित्सकलाई संक्रमण देखिएको थियो ।

अस्पतालमा रहेका चिकित्सक तथा बिरामीमा कोराना संक्रमण देखिएपछि अस्पतालमा रहेका ३५ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको डा. सेञ्चुरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय