पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारको क्रममा बिहिबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए।

मृत्यु भएका पुरुषमा  मधुमेह तथा उच्च रक्क्तचापको समस्या रहेको थियो। डा. शर्माका अनुसार संक्रमित पुरुषलाई १७ साउनमा स्टार अस्पतालबाट रेफर गरिएको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ६६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय