पर्सामा एकै दिन १ सय ३४ जनामा संक्रमण पुष्टि

प्रदेश २ का ३ जिल्लामा थप १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परीक्षणमा पर्सा, बारा र रौतहट गरी १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये १ सय ३४ जना पर्सा  जिल्लाका रहेका छन्। यो अहिलेसम्मै पर्सामा सर्वाधिक संक्रमित संख्या हो। थपिएका संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १२१ जना पुरुष रहेका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाकारी दिनु भयो।

उनको अनुसार संक्रमण हुनेमा तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, वीरगञ्ज कारागारका २, नेशनल मेडिकल शिक्षण अस्पतालका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेका छन्।

२९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन्। आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ । १४२ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरीका ४४ जना रहेका छन्।

पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले ४४ जनामध्ये एक जना मात्र प्रहरी रहेको र बाँकी ४३ जना थुनुवा रहेको पुष्टि गरिन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन्।

नयाँ संक्रमितहरु बीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन्। बिहीबार पुष्टि हुने मध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका रहेका छन्।

वीरगञ्ज वाड १० अशोकवाटिका निवासी १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगजको श्रीपुर र मर्लीका बासिन्दा हुन् । त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय