एक दिनमा ५ चिकित्सक संक्रमित, देशभर ५१ कोरोनामा पोजेटिभ

साउन २३– कोरोना महामारी बढेसँगै देशभरमा ५१ जना चिकित्सक संक्रमित भइसकेका छन् । विहीबारमात्रै देशभरमा ५ जना चिकित्सक संक्रमित भए ।

विहीबार वीर अस्पताल र विभिन्न निजी अस्पतालमा समेत काम गर्ने एक जना फिजिसियान संक्रमति भएसँगै उनका पहिलो सर्कलमा सम्पर्कमा रहेका चिकित्सक र अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु गरिएको छ ।

विहीबार नै वीरगञ्ज, विराटनगर र नेपालगञ्ज र टीकापुरमा पनि एक/एक जना चिकित्सक संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले जनाएको छ ।

बाँकेस्थित हेल्थपोस्टकर्मी गुरुमुरत यादवका अनुसार नेपालगन्जको राँझास्थित सैनिक अस्पतालमा भएको स्वाब परीक्षणका क्रममा चिकित्सकमा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार एक जना नेपालगन्ज २० का र एक जना टिकापुरका चिकित्सक रहेका छन्

नेपालमा पहिलोपटक महाशाखामै कार्यरत एक जनस्वास्थ्य चिकित्सक कर सप्तरीमा खटिएका सेनाका चिकित्सकमा कोरोना पुष्टि भएको थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले पछिल्ला दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोनाको बढिरहेको बताए । सरकारले अहिले पनि प्रयाप्त मात्रामा सुरक्षा सामग्री दिन नसकेको र परीक्षणको दायरा पनि बढाउन नसकेको आरोप लगाए ।

-संख्या उल्लेखमा त्रुटी भएकोले परिमार्जन गरिएको छ : सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय