केएमसीका चिकित्सकलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन २२ गते २१:०८

सामाजिक संस्था चौतारी नेपालले नेपाल मेडिकल कलेज(केएमसी)मा कार्यरत चिकित्सकहरुलाई फेस सिल्डलगायतका विभिन्न व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेको छ ।

कोभिड १९ महामारी सुरु भएसँगै संस्थाले हालसम्म विभिन्न अस्पतालका चिकित्सकहरुलाई ७ सय थानभन्दा बढी प्रोटेक्टिभ गियर प्रदान गरिसेकेको अध्यक्ष डा. हुलास अग्रवालले जानकारी दिए ।

कलेजमा ५६ चिकित्सकलाई फेससिल्ड, मास्क वितरण गरिएको थियो । जापानसँगसम्बन्धित संस्था चौतारी नेपालले तीन वर्षदेखि नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

महामारीको परिस्थितिमा निरन्तर सेवा प्रवाहका लागि चिकित्सकलाई प्रथामिकतामा राखेर सुरक्षा सामग्री उपलब्ध गराएको डा. अग्रवालले जानकारी दिए ।

अग्रवालका अनुसार चौतारीले जुनियर डाक्टर्स कमिटीका केन्द्रिय सदस्य एवम अभियन्ता डा.रबिन बस्नेत, डा. नेहाल असरफ र काठमाडौँ मेडिकल कलेजमा कार्यरत डा. धिरेन्द्र झामार्फत सामाग्रीहरु वितरण गरिएको हो।

करिव ५ बर्षअघि जापानमा इतसुको यामागुची सानसँगको भेटपछि एउटै चौतारीमा बस्ने साथीहरूसँग मिलेर काम गर्ने सोचअनुसार चौतारी नेपाल गठन गरिएको थियो ।

संस्थाले हाल प्रदेश २ का मास्क बैंकको अवधारणमा काम गर्ने योजना अगाडी सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय