पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सामा थप एकजनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ।

वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा बिहिबार बिहान एकजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरगञ्ज–१० आदर्शनगर निवासी ५६ वर्षीय पुरुष रहेका छन्। अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार मृतक मुटुरोगी हुन्। श्वासप्रश्वासमा समस्या देखिएपछि २० गते उनी अस्पताल भर्ना भएका थिए।

निमोनिया समेत देखिएका उनको स्वास्थ्यवस्था गम्भीर बन्दै गएपछि बुधबार रातिबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

बिहिबार बिहान साढे ८ बजेको समयमा उनको मृत्यु भएको डा. सिंहलेले बताए। बुधबार साँझ ती व्यक्तिको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा आज साँझ पोजेटीभ रिपोर्ट आएको हो। योसँगै पर्सामा संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय