यस्तो छ चाडपर्व वा जात्रा मनाउँदा पालना गर्नुपर्ने मापदण्ड

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन २२ गते १८:३२

सरकारले चाडपर्व मनाउँदा पालना गर्नुपर्ने नयाँ मापदण्ड ल्याएको छ। सर्वसाधारणले जात्रा तथा धार्मिक सभामा समारोहमा भीडभाड गरेको गरेपछि सरकारले मापदण्ड ल्याएको हो।

चाडपर्व वा जात्रा मनाउँदा घर परिवारका सदस्यबाहेक अन्य सँग भेट कम गर्ने र भेटघाट गर्ने परेमा कम्तीमा ६ फिटको दुरी अनिवार्य रुपमा कायम गर्नुपर्ने जनाएको छ।

धार्मिक स्थलमा हुने हरेक भेलामा कम्तीमा २५ जना मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ।

सतहहरु (रेलिङ, बार), देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउने सक्ने सामग्रीहरु नछुन सरकारले अनुरोध गरेको छ।

ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा कम उमेर, गर्भवती तथा सुत्केरी, रोग प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी लाई चार्डपर्वमा वा जात्रामा सहभागी नहुन भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय