१० वर्षीया बालिकासहित मेचीनगरका आठ जनामा कोरोना संक्रमण

बिहीबार झापामा दश वर्षीय बालिका सहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै मेचीनगर नगरपालिकाका बासिन्दा रहेका छन् ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक नबीन बरालका अनुसार मेचीनगर –२ का चार जना, ५, ७, ९ र ११ एक– एक जना रहेका छन् ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । संक्रमित १० देखि ४० वर्ष उमेर समूहका भएको बराले बताए।

उनीहरूलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय