उपत्यकामा थप ८७ सहित ३ सय ६० जनामा कोरोना संक्रमण

बिहिबार देशभर ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ३ सय ६० जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।  आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ।

बिहीबार २३३ जना उपचारपछि निको भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा १५ हजार ३ सय ८९ जना संक्रमणबाट मुक्त भएका छन्। उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको डा. गौतमले बताए।

काठमाडौंमा ७६, लतिपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको छ।  कोरोना संक्रमणको कारणले ६५ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय