प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निवास खुमलटारको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। खुमलटारको बाहिरी गेटमा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको प्रचण्डको सचिवालयले जनाएको छ।

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय