पर्सामा एक चिकित्सक सहित ४३ जनामा कोरोना संक्रमण

पर्सामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएकोे छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा ११ जना नेपाली सेनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राति ६ महिला र ३७ जना पुरुष जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा.मदन उपाध्यायले बताए।

उनको अनुसार संक्रमित हुनेमा ७ वर्षदेखि ७३ वर्षसम्मका रहेका छन् । संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण पनि देखिएका छ । नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका दुइ जनामा पनि संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि हुनेमा वीरगञ्ज निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका ३५ वर्षीया महिला पनि छिन् भने नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुने ४३ जनामध्ये वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ११ जना पनि रहेका छन्। बुधबार राति हुनेमा रौतहट मौलापुरका एक जना र बाराको देवताल , प्रसैनीमा एक–एक जना संक्रमित रहेका छन भने मोहतरी जिल्ला घर भइ हाल वीरगञ्जमा कार्यरत ३७ बर्षीय डाक्टरमा पनि संक्रमण देखिएको छ ।

पोखरिया नगरपालिका १ जना, पकाहामैनपुर गाउँपालिका एक जनामा कोरोना देखिएको हो बाकि वीरगञ्जकै रहेका छन । मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय