अमेरिकाले कहिले बनाउला काेराेनाविरुद्ध भ्याक्सिन?

कोरोना भाइरसको उपचारका लागि औषधी कहिले बन्ला? विश्वभर अहिले धेरै चासोको विषय यही छ।

रुसले आगामी अक्टोबर महिनामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विरामीको उपचारका लागि ल्याइसक्ने दाबी गरेको छ। उसको

दाबीअनुसार अब भ्याक्सिन प्रयोगमा ल्याउनका लागि कागजी प्रक्रियामात्रै बाँकी छ।

अमेरिकाले पनि यो वर्षको अन्तसम्ममा भ्याक्सिन उत्पादन गरिसक्ने दाबी गरेको छ।

अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउसीले भनेका छन्, ‘कोरोनाविरुद्धको भ्याक्सिन बनाउन जुटेका बैज्ञानिकहरुलाई कुनै पनि किसिमको राजनीति दबाव छैन।’

किनकि, आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव छ। राष्ट्रपति ट्रम्प चाहन्छन् कि, कोरोना भाइरसविरुद्धको भ्याक्सिन त्यो चुनावभन्दा अघि नै आवोस्।

ट्रम्प पनि आगामी कार्यकालका लागि राष्ट्रपतिको दाबेदार उम्मेदवार हुन्। तर, अहिले भइरहेको सर्वेक्षणहरुले डेमोक्र्याटका उमेदवार जोन वाइडन अघि देखिएका छन्।

कोरोना संक्रमणमा ‘लापरवाह’ भएको भन्दै अहिले ट्रम्पको अमेरिकामा मात्रै होइन, विश्वभरि आलोचना भइरहेको छ।

यसै कारण पनि भ्याक्सिन बनाउन जुटेका बैज्ञानिकहरुलाई दबाव हुनसक्छ कि? भन्ने रोयटर्सको प्रश्नमा डाक्टर फाउसीले ‘बैज्ञानिकहरुलाई कुनै दबाव नहरेको’ दाबी गरेका हुन्।

‘यो भ्याक्सिनका लागि जनताको स्वास्थ्य सुरक्षा र त्यसको प्रभाव नै ठूलो मानक हो, न कि राजनीतिक दबाव’ डा.फाउसीले भनेका छन् ‘भ्याक्सिन बनाउन जुटेका बैज्ञानिकहरुलाई कुनै राजनीतिक दाबाव छैन।’

फाउसीका अनुसार वर्ष २०२१को सुरुवातमै करोडको हाराहारीमा भ्याक्सिन आउनसक्छ। त्यसको लागि अमेरिकी सरकार अन्तिम तयारीमा जुटेको छ।

‘म आशावादी त छु तर, केही भन्न सकिँदैन। भ्याक्सिन त बन्छ नै, यो सकारात्मक प्रक्रियामा अघि बढिरहेको छ। तर, भ्याक्सिनको प्रभाव कस्तो रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन’ फाउसीले भनेका छन् ‘मलाई लाग्दैन, हामी यसको जरा नै उखेल्नेछौँ किनकि कोरोनाजस्ता संक्रामक भाइरस एकदमै कम हुन्छन्।’

डा. फाउसीले कोरोना भाइरसका कारण अमेरिकामा जति जनधनको क्षति अरु कुनै पनि ठाउँमा नभएको बताए। जब कि राष्ट्रपति ट्रम्पले भने यो कुरा अस्विकार गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय