चौबिस घन्टामा छ हजारको मृत्यु, विश्वभर २ लाख ६२ हजारबढी संक्रमित

विश्वभर बितेको चौबिस घण्टामा कोरोना भाइरसका २  लाख ६२ हजारबढी नयाँ संक्रमित थपिएका छन्। ६ हजारबढीको मृत्यु भएको छ।

विश्वभर एकदिनमै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ४ पुगेको छ भने २ लाख ६२ हजार ७ सय ५७ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख १० हजार ५३ पुगेको छ भने १ करोड ८९ लाख ५६ हजार ८ सय ३० जना संक्रमित छन्।

अहिले अमेरिका, ब्राजिल, भारत, मेक्सिको कोलम्बिया, दक्षिण अफ्रिका र रुसमा कोरोना भाइरसको, संक्रमण तिव्र रुपमा फैलिरहेको छ।

बितेको चौबिस घन्टामा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १ हजमर ३ सय ६ जनाको ज्यान गएको छ भने ५५ हजार ९४ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै अमेरिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६१ हजार ५ सय ९६ पुगेको छ भने ४९ लाख ७३ हजार ५ सय १४ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

ब्राजिलमा एकदिनमा कोरोनाको संक्रमणबाट १ हजार ३सय २२ जनाको मृत्यु भएको  छ भने ५४ हजार ६ सय ८५ जना थप संक्रमित भेटिएका छन्।

ब्राजिलमा बिहीबार बिहानसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९७ हजार ४ सय १८ जना पुगेको छ भने २८ लाख ६२ हजार ७ सय ६१ जना संक्रमित छन्।

कोरोना प्रभावित देशको तेस्रो नम्बरमा रहेको भारतमा कोरोना भाइरस संक्रमणका कारण बितेको चौबिस घण्टामा ९ सय १९ जनाको मृत्यु भएको छ भने ५६ हजार ६ सय २६ जना थप संक्रमित भेटिएका छन्।

योसँगै भारतमा संक्रमणबाट ज्इान गुमाउनेको संख्या ४० हजार ७ सय ३९ पुगेको छ भने १९ लाख ६३ हजार २ सय ३९ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

रुसमा एक दिनमा भाइसबाट ज्यान गुमाउनेको संख्या  १ सय ३९ रहेको छ भने थप ५ हजार २ सय ४ जनामा संक्रमण  पुष्टि भएको छ।
रुसमा हालसम्म १४ हजार ४ सय ९० जनाको मृत्यु भएको छ भने ८ लाख ६६ हजार ६ सय २७ जना संक्रमित रहेका छन्।

त्यस्तै कोरोना संक्रमण निरन्तर बढिरहेको मेक्सिकोमा चौबिस घन्टामा कोरोनाका कारण  ८ सय ७५ जनाको मृत्यु भएको छ भने ६ हजार १ सय ४८ जना नयाँ सिंक्रमित थपिएका छन्।

मेक्सिकोमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ हजार ८ सय ६९ जना रहेका छन् भने ४ लाख ४९ हजार ६ सय ६१ जना संक्रमित छन्।

दक्षिण अफ्रिकामा एकदिनमा कोरोनाका कारण ४ सय १४ जनाको ज्यान गएको छ भने  ८ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।

दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ९८ पुगेको छ भने ५ लाख २९ हजार ८ सय ७७ जना संक्रमित रहेका छन्।

कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुमध्ये १ करोड २१ लाख ४१ हजार ९ सय ६६ जना निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय