काठमाडौंमा कोरोना संक्रमणबाट एककाे मृत्यु , मृत्तक संख्या ६३ पुग्यो

कोरोना संक्रमणको कारणले काठमाडौं थप १ जनाको मृत्यु भएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको  प्रवक्ता डा‌‌‌ प्रविण नेपालले जानकारी दिए। उनका अनुसार निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो।

मलंवाबाट ज्वरोको समस्याको आइपछी उनी मनमोहन अस्पतालमा भेन्टिलेटरमा उपचाररत रहेकी थिइन। कोरोना पुष्टि भएपश्चात गत १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय