प्रदेश २ मा थप २२७ जनामा कोरोना संक्रमण

प्रदेश २ मा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न जिल्ला गरी २२७ जनामा संक्रमण पुष्टि भएको हो। २२७ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार २७२ पुगेको छ।

बुधबार प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रादेशिक अस्पताल र जनकपुरस्थित माछापुच्छ्रे बैंकका कर्मचारीहरूमा संक्रमण पुष्टि भएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ८, प्रादेशिक अस्पतालका दुई चिकित्सकसहित ५ र माछापुच्छ्रे बैंकका थप तीनजना कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि प्रादेशिक अस्पतालका १७ र माछापुच्छ्रे बैंकका ४ जनामा संक्रमण पुष्टि भएको थियो।

यसबाहेक जनकपुरधाम उपमहानगरपालिका २, ४ र ९ बस्ने एक महिलासहित ४ जना, सीएम क्वारेन्टाइनका १, हंसपुर नगरपालिकाका १ र धनौजी गाउँपालिकाका १ जनासहित धनुषाको २३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी महोत्तरीको भंगहा नगरपालिकाका ११, जलेश्वर नगरपालिका, बर्दिवास नगरपालिका र एकडारा गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

यता पर्साको वीरगंज महानगरपालिकामा ९२, जगरन्नाथपुर गाउँपालिकामा १, वडा प्रहरी कार्यालय बिर्तामा १, इलाका प्रहरी कार्यालय प्रसौनीका ४, आर्मी ब्यारेकका १, सशस्त्र प्रहरी बल भन्सारका २, जीराभवानी गाउँपालिकाका १, विन्दवासिनी गाउँपालिकाका १, वीरगंज कारागारका ३०, वीरगंज चिनीमिलका ५, पोखरिया नगरपालिकाका ४ र नारायणी अस्पतालका एक जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी बाराको सिमरा क्वारेन्टाइनका १७, फेटा गाउँपालिकाका १ र कलैया उपमहानगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।  सप्तरीको राजविराज नगरपालिकाको एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय