थप दुई कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर– ९ का ४५ वर्षीय पुरुष र मोरङको रंगेली नगरपालिका–८ का ४५ वर्षीय पुरुष रहेका कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन चुमनलाल दासले जानकारी दिएका छन्।

विराटनगरका संक्रमित कलेजो सम्बन्धि रोगीबाट पीडित थिए। उनी गुद्री बजारका तरकारी व्यापारी भएको आफन्तले बताएका छन्। उनको बुधबार १स्३० बजे मृत्यु भएको हो। उनको मृत्युपश्चात मात्र कोरोना भएको पुष्टि भएको हो।

यस्तै रंगेलीका संक्रमितलाई उपचारका लागि कोसी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोरोनाकै कारण विराटनगरको कोशी आइसोलेटेड अस्पतालमा ज्यान गएको थियो।

प्रदेश १ को पहिलो संक्रमितको मृत्यु भने धरानको विपी प्रतिष्ठानको कोभिड अस्पतालमा भएको थियो। भारतबाट फर्केका मोरङको सुनवर्षि नगरपालिकाका ४५ वर्षीय पुरुष प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय