अस्पतालको बेडले अब संक्रमितलाई धान्न नसक्ने हुनसक्छ

केही दिनयता कोरोना भाइरसको संक्रमित संख्या उकालो लागिरहेको तथ्यांकले देखाएको छ।  छिमेकी मुलुक भारतबाट आउने मानिसको संख्या कम भएसँगै क्वारेन्टाइन संख्या घट्दै गयो। अहिले देशभर लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढिरहेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिइसकेको आँकलनबीच भोलिका दिनमा भयावह रूप लिने चेतावनी विज्ञहरूले दिइरहेका छन् ।महामारी नियन्त्रणका लागि अब सरकारले के गर्नुपर्छ? संक्रमणको सामना गर्न हामी कति समक्षम छौं? जस्ता विषयमा केन्द्रित रहेर संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको अंशः

कोरोना संक्रमित संख्या घटेसँगै हामीले समस्यालाई जितिसकेको जस्तो सोच र व्यवहार प्रदर्शन गर्यौं । विज्ञको नजरमा यो अवस्था कस्तो हो?
महामारीको दृष्टिकोणले हेर्दा संक्रमणको केस घटेको छैन। महामारीको आफ्नै गति हुन्छ। संक्रमणको गति रोक्ने, अवरोध गर्न हामीले गर्नुपर्ने काम गर्न सकेका छैनौं। पछिल्लो पटक देखिएको संक्रमणका आधारमा हामीले संकलन गरेका स्वाबहरू कुन समूह र क्षेत्रबाट थियो भन्ने आधारमा संक्रमणको गति पत्ता लगाउन सकिन्छ।

उदाहरणका रूपमा हेर्दा तलाउमा माछा हजारौं छ भने सानो जालीले माछा मार्न खोजिएको छ भने थोरै नै माछा पर्छ नि। अहिलेको संक्रमण अवस्था नै त्यही छ।

कसैलाई संक्रमणको शंका छ भने परीक्षण गरेर पत्ता लगाउने गुन्जायस एकदमै कम थियो। किनभने हाम्रो टे«स्टिङ गाइडलाइनले परीक्षण साघुँरो बनाएको थियो। पछि विदेशबाट आउने र

क्वारेन्टाइनमा बसेका मानिसको संख्या घटेपछि स्वतः परीक्षण कम हुनेबित्तिकै संक्रमण संख्या कम देखिएको हो। त्यही कारणले पहिला लक्षण नभएका मानिसहरू देखिरहेका थियौं। अस्पताल तथा क्लिनिङबाट परीक्षण गराइएका मानिसमा लक्षणको केस धेरै बढ्न थालेको छ।

लकडाउन खुलेपछि आवतजावत बढेको, भौतिक दूरी कायम गर्न नसकेको, मास्क नलगाएका कारणले पनि संक्रमण फैलिएको छ।  लकडाउन मात्रै समाधान होइन। यदि समुदायमा संक्रमण धेरै देखिन थाल्यो र विशेषगरी अस्पताल बेड नपुग्ने, आइसियु, भेन्टिलेटर नपुग्ने अवस्था आउन थाल्यो भने लकडाउन गर्नुको अन्य कुनै विकल्प हुँदैन।

लकडाउन खुल्दै गएपछि मानिसको आवातजावतसँगै संक्रमणको संख्या बढेपछि समुदायमा फैलिँदै छ। जुन कारणले अहिले २–४ दिनयता केसहरू देखिन थालेको छ। यसलाई रोक्न परीक्षणको दायरा बढाउने र संक्रमित पहिचान पहिलो स्टेपमात्रै भयो । यसले मात्र पर्याप्त हुँदैन।

संक्रमितलाई पहिचान गरेपछि रिपोर्ट छिट्टै आउनुपर्छ। ४–५ दिन ढिलो हुनुभएन। सकेसम्म गहिराइसम्म पुगेर कन्ट्रयाक ट्रेसिङ गर्ने, सम्पर्कमा आएका मानिसलाई पनि आइसोलेसन तथा क्वारेन्टाइनमा राख्ने गर्नुपर्छ । यत्ति गरिएको अवस्थामा बल्ल महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास सार्थक रूपले अघि बढ्छ।

जनस्वास्थ्यको हिसाबले अहिले लकडाउन खोल्न उपयुक्त थियो? फेरि लकडाउन गर्नुपर्ने कुरा उठिरहेको छ, तपाईको विचारमा यो विकल्प ठीक हो?

अहिले नै जनस्वास्थ्यको हिसाबले लकडाउन खोल्न उपयुक्त थिएन। नेपालमा संक्रमणको संख्या घट्दै छ। त्यसकारणले खोलेको हो भने एकदमै गलत हो।  तर, लकडाउन खोल्नु र अहिले नगर्नुमा आर्थिक, सामाजिक पाटो पनि रहेका होलान्। लकडाउन खोल्ने अहिले गलत र सही छ भन्नेतर्फ नजाउँ।

लकडाउन खुलेपछि आवतजावत बढेको, भौतिक दूरी कायम गर्न नसकेको, मास्क नलगाएका कारणले पनि संक्रमण फैलिएको छ।  लकडाउन मात्रै समाधान होइन। यदि समुदायमा संक्रमण धेरै देखिन थाल्यो र विशेषगरी अस्पताल बेड नपुग्ने, आइसियु, भेन्टिलेटर नपुग्ने अवस्था आउन थाल्यो भने लकडाउन गर्नुको अन्य कुनै विकल्प हुँदैन।

स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्था आउन थाल्यो भने पुनः लकडाउन गर्नुपर्छ।

त्यसभन्दा अगाडि अहिले कम्तीमा आवागमन कम गर्ने, भौतिक दूरी बढाउने उपायतर्फ जानुपर्छ। कस्तो गतिविधिलाई छुट दिने वा कस्तो छुट नदिने छुट्याउनुपर्छ।

अहिले अस्पतालमा भर्ना भएका संक्रमितमा कडा खालको लक्षण देखिएको भन्ने आमबुझाइ र भनाइ छ, भाइरसको स्वरुप परिर्वतन भएको हो त?
संक्रमण धेरै फैलिँदै जाँदा सिकिस्त हुने जोखिम बढी भएका भेटाउन सक्छ। सिकिस्त हुने खालका मानिस दीर्घरोगी, जेष्ठ नागरिक, बालबालिका सुरक्षित भएर घरभित्र नै बस्नुभएको छ।

तर, संक्रमण धेरै फैलिँदै जाँदा घरभित्र पनि सुरक्षित रहिरहने अवस्था नहुन सक्छ । जब त्यस्तो जोखिम बढी भएका मानिसलाई संक्रमण हुँदा आइसियु र भेन्टिलेटर आवश्यक पर्छ। तर, भाइरस परिवर्तन भएर होइन।

कुन किसिमको समूहलाई संक्रमण हुन थाल्यो, त्यसको आधारमा हुने कुरा हो।

परीक्षण गरेर मात्र कोरोना नियन्त्रणमा गर्न सकिन्छ भन्ने सरकारी भनाइ र गराइ छ, तपाईं सरकारको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ ?
सरकारले भर्खरै नयाँ टेस्टिङ गाइडलाइन ल्याएको छ। जसमा पहिलाभन्दा परीक्षण गर्न धेरै सजिलो बनाएको छ। जुन एकदमै सकारात्मक कुरा हो। कम्तीमा पनि संक्रमणको लक्षण हुने मानिसले परीक्षण गर्न पाए। जसले जनशक्तिलाई अन्य कदममा फोकस गर्न मौका दिन्छ।

परीक्षण मात्र गरेर हुँदैन। अस्पताल भर्ना भएको छ त्यसलाई परीक्षण गर्दा फाइदा हुने नै भयो। यस्तो रोग रहेछ, निमोनिया होइन रहेछ भन्ने कुरा थाहा पाउँदा उपचारका लागि सहयोग पुग्छ।

जनस्वास्थ्यका हिसाबले परीक्षण गरेर मात्र पुग्दैन। एकजना संक्रमित पत्ता लगाएपछि अन्य संक्रमित को–को थिए त? उसको वरिपरि को–को हुन सक्छन्? जुन कन्ट्रयाक ट्रेसिङ गरेर मात्र थाहा पाउन सकिन्छ।

६ फिटभित्र १५ मिनेटसम्म बसेको सबै मानिस जोखिममा हुन्छन्।

उसो भए तपाईको बुझाइमा नेपालको कन्ट्रयाक ट्रेसिङ कमजोर नै हो?

नेपालमा कन्ट्रयाक ट्रेसिङ एकदमै कमजोर रहेको छ। रिपोर्ट आएर संक्रमण पुष्टि भएको ६–७ दिनमा बल्ल फोन जान्छ। सबैलाई सम्पर्क पनि हुँदैन। कन्ट्रयाक ट्रेसिङ गर्दा पनि घरका दुईजना परीक्षण गर्न पठाइन्छ।

एकजना मानिस अफिस गएको होला। दिनभरमा कति जना भेटेको होला, बाहिर बसेर चिया खाएको होला वा अन्य विभिन्न काम गरेको होला? कन्ट्रयाक ट्रेसिङ कहाँ–कहाँ गएको थियो। को–को मानिसलाई भेट गरेको थियो? मास्क लगाएको थियो कि थिएन। यस्ता विभिन्न कुराको अन्तर्वार्ता लिए जसरी कुरा लिनुपर्छ।

त्यसअनुसारको शंकाको घेरा पर्दछन्, त्यस्तालाई परीक्षण गर्न पठाउने वा आइसोलेसन वा क्वारेन्टाइन गर्न जस्ता कुरा गर्नुपर्छ।  अबको संक्रमण रोक्नका लागि कन्ट्रयाक ट्रेसिङमा नै फोकस हुनुपर्छ।
सबैलाई अस्पताल भर्ना गरेर सम्भव हुँदैन।

अब स्रोत–साधन तुरुन्तै बढाउन पनि सकिँदैन। बेड मात्रै लगेर वा बनाएर आइसियु वा भन्टिलेटर बन्दैन। जसका लागि जनशक्ति पनि चाहिन्छ। जुन आजको भोलि तालिम दिएर हुने खालको होइन। जसका लागि सिस्टम, प्रोटोकल बनाउनुपर्छ।

संक्रमण हुनेबित्तिकै अस्पताल भर्ना गर्न थाल्ने हो भने बेड भरिन्छ। समुदायमा संक्रमण देखिन थालेपछि अब अस्पतालको बेडले धान्न सक्दैन।

समुदाय वा अस्पतालको नजिकै व्यवस्थित आइसोलेसन निमार्ण होस्, जहाँचाहिँ संक्रमणको केन्द्रविन्दु नबनोस्। त्यस्तो खालको आइसोलेसन, क्वारेन्टाइनको व्यवस्था हुनुपर्यो।

स्रोत नखुलेको केस बढ्नुले समुदायमा स्तरमा केस फैलिएको छ भन्न सकिन्छ र?

दुई महिनादेखि नै स्रोत नुखेको देखिएको छ। आजभोलि यस्ता केसहरू दिनदिनै बढेका छन्। हामीले भन्दा संक्रमण फैलिएको छ भन्छौं, सरकारी पक्षका मानिसले होइन भन्छन्। अहिले दोहोरी खेल्ने काम मात्र भएको छ।

समुदायमा संक्रमण फैलिएको छ। अब नै हो, होइन भनेर अल्झियौं भने काम नै हुँदैन। समुदायमा फैलिइसकेको छ भनेर माने पो पछिको रोक्न रणनीति बनाउन सकिन्छ।

महामारी फैलिएको अवस्थामा हामीसँग भएको पूर्वाधारले धान्न सक्दैन भनिरहेका छौं, अबको विकल्प के हुनसक्छ?

अब स्रोत–साधन तुरुन्तै बढाउन पनि सकिँदैन। बेड मात्रै लगेर वा बनाएर आइसियु वा भन्टिलेटर बन्दैन। जसका लागि जनशक्ति पनि चाहिन्छ। जुन आजको भोलि तालिम दिएर हुने खालको होइन। जसका लागि सिस्टम, प्रोटोकल बनाउनुपर्छ।

सकेसम्म हामीले संक्रमण नै बढ्न नदिने हो, ता कि आइसियुको क्षमताले धान्न सकोस्। परीक्षण धेरै गर्न, कन्ट्रयाक ट्रेसिङ गर्न, क्वारेन्टाइन र आइसोलेसनमा राख्नाले समुदायमा संक्रमण फैलिन नपाओस्। ती मानिस समुदायमा संक्रमण फैलाउने स्रोत नबनुन्।

पूर्वाधारको क्षमता बढाउन सक्दैनौं। अब हामीले के गर्न सक्छौं भने आइसियुमा जाने बिरामीको संख्याचाहिँ घटाउन सक्छौं।

तपाईलाई महामारीबारे सर्वसाधारणले कसरी बुझेका छन् जस्तो लाग्छ?

सर्वसाधारणले महामारीलाई कति बुझेका छन् भन्ने पनि अनुसन्धान भएकै छैन। बजारमा देखिएका आधारमा अझै पनि मास्कको प्रयोग नगर्ने, भीडभाडमा जाने ठूलो जमात छ। कति मानिसले बुझेर पनि बुझ पचाएका छन्।

अहिले बाहिर निस्किँदा पनि मास्क लगाउने र व्यक्तिगत दूरी कायम गर्नुपर्छ। प्रत्येकले अर्कालाई जोगाउने कुरामा संक्रमित नभए पनि म संक्रमित हुँ भनेर सोच्ने र व्यवहार गर्ने गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय