उपत्यकामा थप ६२ सहित ३ सय ८१ जनामा कोरोना संक्रमण

बुधबार देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको बताए।

यो सँगै नेपालमा २१ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। बुधबार ६ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन्।

बुधबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको डा. गौतमले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ जना , काठमाडौंका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पाटन अस्पतालका प्रयोगशलामा काठमाडौं २, लतिपुरका २ जना, त्रिवि शिक्षण अस्पतालका प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११ जना, स्टार अस्पताल प्रयोगशालामा काठमाडौं १ जना, ललितपुरका २ जना, विडिआइएच ल्याबमा काठमाडौं १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

हालसम्म १५ हजार १ सय ५६ जना संक्रमण निको भएका छन्। जुन कुल संक्रमित मध्ये ७०.८ प्रतिशत निको भएका छन्।

आज मात्रै १३० जना कोरोना जितेर घर फर्किएका छन्। मन्त्रालयका अनुसार हाल ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा रहेका छन्।  हालसम्म कोरोना संक्रमणको कारणले ६० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय