पर्सामा कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या ६० पुग्यो

पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण बीरगञ्ज महानगरपालिका वडा नं १५ का ४६ वर्षे एक पुरुषको बुधबार बिहान निधन भएको छ।

वीरगञ्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरिक्षक जयमोद ठाकुरले जानकारी दिए।

उजको अनुसार साउन १९ गते मङगलबार राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो।

मधुमेहका रोगी उनीमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो।

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारी थिए। यसअधि उनी वीरगञ्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका गराइ रहका थिए । पिसीआर रिपोर्ट पोजेटीभ आएपछि उनलाइ कोभिड अस्पतालमा लगिएको थियो।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय