उपत्यका छिर्ने पूर्वी नाकामा थप कडाइ गरिने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन २१ गते १३:११

काठमाडौं छिर्ने पूर्वी नाका भक्तपुरको साँगामा यात्रुको चाप बढेपछि सिमामा थप कडाई गरिने भएको छ।

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखहरुले छलफल गरेर नाकामा थप कडाइ गर्ने निर्णय भएको हो।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको र स्थानीयले नाकामा भीडभाड बढी भएको गुनासो गरेपछि सिमामा थप कडाई गर्ने विषयमा छलफल भएको बताइन्।

‘भाइरसको संक्रमण फैलिरहेको बेला जथाभावी हिँड्न नदिने र संक्रमण फैलिन नपाओस् भन्नेबारेमा छलफल भएको हो’, पाण्डेले भनिन्, ‘स्थानीयले नै भिडभाड भएर कोरोनाको जोखिम बढेको गुनासो गरेपछि थप कडाइ गर्ने निर्णय गरेका हा।ैं’

पूर्वी नाकाबाट साँगासम्म ल्याएर यात्रु झार्ने र गाडी फेरेर उपत्यका लैजाने गर्दा कोरोनाको जोखिक झन बढेको भन्दै उनले बस तथा यात्रुलाई सम्बन्धित जिल्लामै रोकेर चेकजाचँमा कडाई गरिने बताइन्।

‘अति आवश्यक र पास लिई आएकालाई मात्रै उपत्यका प्रवेश गर्न दिन्छौं। साँगामा पुगिसकेकालाई रोक्न पनि समस्या हुन्छ, अब विना कुनै काम र आवश्यकता विना उपत्यका प्रवेश गर्न पाइँदैन’ उनले भनिन्।’

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले साँगामा आएका यात्रुलाई फिर्ता गर्दा र उपत्यका पठाउँदा दुवैतिर समस्या हुने भएकाले सम्बन्धित जिल्लाको नाकामै रोक्नुपर्ने बताए।

‘उपत्यका छिर्ने पूर्वका दुई मुख्य नाका मंगलटार र दोलालघाटमै कडाई गर्नेगरी निर्णय गरेका छौँ’, तिमिल्सिनाले भने, ‘विधिसम्मत पास लिई आएका र विरामीलाई मात्रै उपत्यका प्रवेश गर्न दिन्छौं।’

उनले नाकामा लापरबाही भएको र दिनमा सयौंको संख्यामा यात्रुको ओहोरदोहोर हुँदा सबैलाई समस्या भएको भन्दै सिमामा थप कडाई गर्ने विषयमा छलफल भएको बताए।

मास्क नलगाई बाहिर निस्किनेलाई कारवाही गर्नुका साथै सबैलाई सुरक्षित राख्नका लागि थप कडाइ गरिएको उनको तर्क छ।

साँगाको सिमामा थप कडाई गर्नका लागि काभ्रेपलाञ्चोक सीमा नाका बिपी राजमार्ग भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेपलाञ्चोकको मङ्गलटारमै रोकिनेछ।

त्यस्तै अरनीको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारीलाई दोलालघाटमै रोकेर जाँचपास गरी आवश्यकताका आधारमा मात्रै प्रवेश गराउने विषयमा निर्णय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय