वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

सोमबार मृत्यु भएको पर्साकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार नेशनल मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले मृत्युपछि उनमा संक्रमण पुष्टि भएको हो।

१८ वर्षीया युवती पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी थिइन्। उनलाई सोमबार ज्वरो र पखाला लागेपछि उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो।

नेशनल मेडिकलमा शव राखेर सोमबार राति स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। मङगलबार राति प्रयोगशालामा परीक्षण गर्दा मृतक युवतीको पिसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय