उपत्यका छिर्ने ४० जनामा देखियो कोरोना संक्रमण

उपत्यका प्रवेश गर्ने ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  नागढुंगा, फर्पिङ र साँगामा गरि १० हजार ८५३ संकलित नमुनामध्ये ४० जनालाई कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयले उपत्यकामा भित्रिने मानिसको संक्रमणको अवस्थामा बुझ्न स्वाब संकलन गरेको थियो।

उनका अनुसार नागढुंगामा संकलित ६ हजार ६४ नमुनामध्ये १६, फर्पिङमा लिइएको १ हजार ३०७ नमुनामध्ये ११ र साँगामा संकलन गरिएको ३ हजार ४८२ स्वाबमध्ये १३ जना गरि नाकामा ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

मगंलबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय