प्रतिबन्धित औषधी बिक्री गर्दै हिडेका चितवनका दुई व्यक्ति पक्राउ

नेपालमा प्रतिबन्ध लगाइएका औषधी बिक्री वितरण गर्ने दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाका आधारमा भरतपुर महानगरपालिका वडा १५ बाट प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ देवीचोक बस्ने भोजबहादुर गुरुङ र २० वर्षे महेश परियार छन्।

उनीहरूको साथबाट ५० एमजीको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १ हजार ६ सय ४० ट्याबलेट, २५ एमजीको एनार्गन १ हजार २ सय ७० ट्याबलेट, डोम्पल–१० नामको २ सय ४० ट्याबलेट, ट्रिप्लिन २८ ट्याबलेटसहित ७ हजार ७ सय १५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनीहरू दुवै प्रतिबन्धित औषधी सेवनकर्ता समेत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। ‘दुवैजना अवैध औषधी बिक्री वितरण गर्ने व्यक्ति हुन्,’ थापाले भने, ‘उनीहरू आफैं पनि सेवनकर्ता भएको खुलेको छ।’

अवैध औषधी भएकाले आवश्यक कारबाहीका लागि औषधी विभाग वीरगन्जमा पठाइएको थापाले बताए। लागूऔषधसम्बन्धी मुद्दा प्रहरीले हेर्ने भए पनि अवैध औषधीसम्बन्धी मुद्दा औषधी विभागले हेर्ने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय