सात दिने निषेधाज्ञामा,जनकपुरधाम बजार सुनसान

निषेधाज्ञा लागू भएपछि प्रदेश २ को जनकपुरधाम सुनसान बनेको छ।

कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले न्यूनीकरण र रोकथाम गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र मंगलबारदेखि सात दिनका लागि निषेधाज्ञा लागू गरेको हो।

निषेधाज्ञा लागू भएपछि यसअघि चहलपहल रहने गरेको जनकपुर बिहानैदेखि सुनसान देखिएको छ।

उपमहानगरपालिकाभित्र सवारी साधन गुडेको छैन भने पैदल हिँडडुल गर्ने पनि कम देखिएका छन्।

यसैगरी औषधि पसल सञ्चालनमा रहे पनि अन्य पसल बन्द भएका छन्। निषेद्याज्ञाका कारण बजार पूर्णरुपले बन्द भएपछि जनकपुरमा मानिसको हिँडडुल र आवतजावतमा कमी आएको हो।

सरकारी कार्यालय सञ्चालनमा रहेपनि सेवाग्रहीको उपस्थिति भने न्यून देखिएको छ।

पछिल्लो केही दिनयता जनकपुरसहितको क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

चिकित्सकले कोरोना संक्रमण समुदायमा प्रवेश गरिसकेको बताएका छन्।

प्रदेश २ को मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कारोना पुष्टि भएको छ।

प्रादेशिक अस्पतालका दुई जना चिकित्सकसहित १७ कर्मचारी र उपचारका लागि भर्ना भएका केही बिरामीमा पनि संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय