उपत्यकाका १४ भन्दा बढी अस्पताललाई स्वाब संकलन गर्न मन्त्रालयको निर्देशन

उपत्यकामा केहि दिन यता देखि कोरोना संक्रमण बढ्दै गइरहेको छ।  मंगलबार मन्त्रालयले एक विज्ञप्ती निकाल्दै उपत्यकामा रहेको १४ भन्दा बढी अस्पताललाई स्वाब संकलन गर्नको लागि निर्देशन दिएको हो।

शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त स्थलबाट आएका व्यक्तिहरुको विहान ९ देखि १ बजेसम्म परीक्षण गर्न हुन मन्त्रालयले सर्वसाधारण तथा अस्पतलाई अनुरोध गरेको छ।

‘हाल उपत्यकामा कोरोनाको संक्रमण बढिरहेको छ, विज्ञप्तीमा भनिएको छ,‘ सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक नसिस्कने र भिडभाड नगर्न अनुरोध छ।’

हब अस्पताल, कोभिड क्लनिक अस्पताल, कोभिड १,२, ३ लेभल अस्पतालमा स्वाव संकलन हुनेछ।  स्वाव संकलनको लागि पाटन अस्पताल, सिभिल अस्पताल, टेकु अस्पताल, विरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पतालाई निर्देशन दिएको छ।

त्यसैगरी, भक्तपुर अस्पताल, काठमाडौं मेडिकल कलेज, विर अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, प्रसुती अस्पताल, ह्याम्स अस्पताल, नेपाल कोरिया मैत्री अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय