कोरोना संक्रमित बढेपछि विशेषज्ञ चिकित्सकसँग परामर्श लिँदै प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विशेषज्ञहरूलाई बालुवाटार बोलाएका छन्।

आंशिक खुलेको लकडाउनपछि कोरोना संक्रमण बढिरहेका बेला प्रधानमन्त्री ओलीले सोमबार स्वास्थ्य विशेषज्ञहरूलाई बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार ११ बजे प्रधानमन्त्री ओली स्वास्थ्य विशेषज्ञसँग छलफल गर्दैछन्।

‘प्रधानमन्त्रीले किन बोलाउनुभएको हो भनी प्रयोजन खुलाइएको छैन,’ छलफलको निम्तो पाएका वरिष्ठ चिकित्सक अर्जुन कार्कीले भने।

सरकारले लकडाउन आंशिक खोलेको छ। जिल्लाभरि सवारीसाधन चलिरहेका छन्। अत्यावश्यक कार्यका मानिसहरूका लागि पास दिइने गरिएको छ।

गुरागाईंका अनुसार जिल्लास्तरीय सिसिएमसीले कोरोना महामारीको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकारी दिइएको छ।

तर, लकडाउन आंशिक खुलेसँगै व्यापार व्यवसाय खुले। आतजावत र भीड बढेपछि अहिले देशैभरि कोरोना संक्रमणदर बढेको छ।

सिसिएमसीमा हिजोआज कोरोना संक्रमणदर बढेकोबारे नियमित बैठक भइरहेको छ। सिसिएमसीले रक्षा मन्त्री नेतृत्वको निर्देशक समितिमा राय बुझाइरहेको छ।

पछिल्लो अपडेटका लागि सोमबार नै सिसिएमसीले प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय