पर्सामा दुई चिकित्सकमा काेराेना, नारायणी अस्पतालका कर्मचारीमा पनि संक्रमण

पर्सामा दुई जना चिकित्सकसहित ३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसिआर परीक्षणमा पर्साका ३१, बाराका दुई र सुर्खेतका एक जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितमध्ये वीरगन्ज ११ रानीघाट घर भइ वीरगन्जको नारायणी बयोधा अस्पताल प्रालिमा कार्यरत एक जना पुरुष डाक्टर र सुर्खेत घर भई वीरगन्जमा रहेका नेशनल मेडिकल कलेजमा रहेर कार्यरत महिला डाक्टर छन्।

नारायणी अस्पतालका दुई कर्मचारी र अस्पतालको फार्मेसीमा कार्यरत अन्य दुई जनामा संक्रमण देखिएको छ ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमित हुनेमा १४ वर्षदेखि ५६ वर्षसम्मका छन्।

३४ जना संक्रमितमध्ये सबैभन्दा धेरै संक्रमित वीरगन्ज महानगरका छन्।

वीरगन्ज महानगरपालिका २७ जना, पोखरिया नगरपालिका ३ जना, जिराभवानी गाउँपालिका एक जनामा कोरोना देखिएको हो।

संक्रमण पुष्टि हुने ३४ जनामध्ये वीरगन्जस्थित नेपाली सेनाकाे चण्डीप्रसाद गणमा कार्यरत तीन जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय