स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन २० गते १०:१९

सरकारले स्वास्थ्य बीमा बोेर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

उनका अनुसार केहि व्यक्तिहरुको नाम सिफारिस गरिएको थियो र हिजो बसेको मन्त्री परिषद्को बैठकले डा. उप्रेतीलाई नियुक्त गरेको हो।
तर, डा. उप्रेतीले आफूलाई कुनै आधिकारिक धारणा नआएको बताए।

‘नियुक्त भएको भन्ने मसँग कुनै कागज छैन। हिजोको मन्त्रिपरिषदले नियुक्त गर्यो भनेर मैले पनि सञ्चार माध्यमबाट सुनेको छु, डा. उप्रेतीले भने,‘ स्वास्थ्य मन्त्रालयबाट पनि आधिकारिक सुचना पाएको छैन।’

बोर्डका यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकलले स्वीकृत गरेको थियो।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार बर्षको हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय