काेराेना रिपाेर्टका लागि २४ घन्टा कुर्नु नपर्ने, बेलायतमा अब ९० मिनेटमै नतिजा

बेलायतमा कोरोना भाइरस परीक्षणको रिर्पोट ९० मिनेटमा आउने भएको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि जोखिम क्षेत्रमै स्वाब संकलन र डिएनए परीक्षण गरी कोरोनाको संक्रमण र अन्य मौसमी फ्लूका लक्षण सहजै पत्ता लगाउन सकिने गरी बेलायतले ९० मिनेटमा नतिजा उपलब्ध गराउने बताएको हो।

हाल जोखिम क्षेत्रको स्वाबको रिर्पोट आउन २४ घन्टा लाग्छ, भने अन्य सामान्य क्षेत्रको नतिजा आउन दुई दिन लाग्ने गरेको छ।

बेलायत सरकारले जुनबाटै ९० मिनेटमा कोरोनाको रिर्पोट उपलब्ध गराउने भनेपनि किटको अभावले समस्या भएको थियो। बेलायतले सुरु गर्न लागेको ९० मिनेटमा रिर्पोट आउने ‘ल्यामपोर’ विधिबाट पाँच लाख स्वाब परीक्षण गर्न सकिने भएको छ।

बेलायतले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेप्टेम्बरमा सबै अस्पतालमा डिएनए मेशिन जडान गरी स्वाब संकलन गर्ने जनाएको छ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालमा करिब पाँच हजार मेशिनबाट ५८ लाख स्वाब परीक्षण गर्न सकिने छ।

बेलायतले अनुसरण गर्न लागेका नयाँ विधि पिसिआर परीक्षण जत्तिकै भरपर्दो र विश्वासिलो भएको बिबिसीले जनाएको छ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले यो विधिलाई ज्यान बचाउने नयाँ पद्धति भनेका छन्।

‘परीक्षण गरेकै ठाउँमा लाखौं स्वाबको नतिजा ९० मिनेटमा आउँछ, जसको माध्यमबाट कोरोनाको चेन ब्रेकलाई तोड्न सक्छौं,’ स्वास्थ्यमन्त्रीले भनेका छन्।

यो विधिमा स्वास्थ्यकर्मीको तथा स्वास्थ्य विशेषज्ञको आवश्यकता नपर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय