संक्रमित प्रहरीको सम्पर्कमा आएका एक सय ७८ को कन्ट्याक्ट ट्रेसिङ

हेल्थपोस्ट/झापा
प्रकाशित
२०७७ साउन २० गते ९:१५

गत शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी महिला प्रहरीको सम्पर्कमा आएका एक सय ७८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ।

झापाको बिर्तामोड स्थित बिर्ताबजार प्रहरी चौकीमा कार्यरत ती प्रहरीको सम्पर्कमा आएकामध्ये बाँकी २५ देखि ३० जनाको ट्रेसिङ बुधबार गरिँदै छ।

ती प्रहरीको सम्पर्कका आएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा बसेकासहित छिमेकी र व्यापारी गरी एक सय ७८ सम्पर्कमा आएको पाइएको छ।

सोही आधारमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको बिर्तामोड नगरपालिकाका (लक्षित व्यक्ति) फोकल पर्सन ओम खड्काले बताए।

ती प्रहरीका श्रीमान पनि प्रहरी हुन्। उनी पनि अस्वस्थ्य छन्। काँकडभिट्टामा कार्यरत उनलाई सोही दिन मेची प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। तर, पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ।

संक्रमित महिला प्रहरी धरानमा उपचाररत रहेकी छन्। संक्रमित महिला प्रहरीले औषधी किनेको बिर्तामोडको बजरंग मेडिकल हल सिल गरिसकिएको छ।

झापा बाह्रदशी र इलामका तीनजना संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका सबै एक सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय