प्रादेशिक अस्पताल जनकपुरका २ चिकित्सक सहित १७ कर्मचारीमा कोरोना पुष्टि

दुई चिकित्सकसहित प्रादेशिक अस्पताल जनकपुरका १७ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। प्रादेशिक प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा अस्पतालका १७ जनामा संक्रमण पुष्टि भएको हो।

चिकित्सकसहित अन्य कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि प्रादेशिक अस्पतालल सिल गर्ने तयारी गरिएको छ। चिकित्सक र कर्मचारीबाहेक अस्पतालमा उपचारका लागि आएका केही बिरामीहरूमा समेत संक्रमण पुष्टि भएको जनाइएको छ।

प्रादेशिक अस्पतालस्थित कोभिड अस्पतालका संयोजक डा। जामुन सिंहले पछिल्लो तीन दिनमा अस्पतालका दुई चिकित्सकसहित १७ जना कर्मचारी र केही बिरामीमा संक्रमण पुष्टि भएको जानकारी दिए।

अस्पतालको आइसीयु, आकस्मिक तथा वार्डमा भर्ना केही बिरामीहरूमा संक्रमण पुष्टि भएको उनले बताए। यसैगरी अस्पतालमा कार्यरत नर्स, सफाइ कर्मचारीहरूमा समेत संक्रमण देखिएको डा।सिंहले बताएका छन्।

‘अस्पतालमा कार्यरत चिकित्सक र अन्य कर्मचारीहरूमा संक्रमण देखिएको छ, केही बिरामीहरू पनि संक्रमित भएका छन्,’ डा।सिंहले भने,‘अस्पताल प्रशासनको बैठकले सिल गर्ने निर्णय गरिसकेको छ। सिल गर्ने अधिकार स्थानीय प्रशासनलाई रहेकोले हामी सिफारिस गरेका छौं।’ ‘जतिपनि संक्रमण देखिएका छन् सबै समुदायबाट आएको हामीलाई लागेको छ,’ सिंहले भने।

अत्याधिक गर्मी रहेकोले हरेक समय पीपीइ लगाएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरू जोखिममा रहेको बताए।

प्रदेश २ मा थपिए १०३ नयाँ संक्रमित

सोमबार प्रदेश २ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्ला गरी १०३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। १०३ जना थपिएसँगै प्रदेश २ को कोरोना संक्रमितको संख्या ५ हजार ९ पुगेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ देखि २४ का ९ महिला र १५ पुरुष गरी २४ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी धनुषाको विदेह नगरपालिका, महेन्द्रनगर, बेंगाडाबर, सुन्दरपुर, सबैला नगरपालिका र मुखियापट्टी मुसहरनियाका १र१ जनामा संक्रमण पुष्टि भएको छ।

यता महोत्तरीको सीतापुर भंगहा, पिपरा गाउँपालिका, लोहारपट्टी नगरपालिकाको भ्रमरपुराका १र१ र जलेश्वर नगरपालिकाका २७ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ।

बाराको इतियाही, गढीमाइ नगरपालिका र ठाउँ नखुलेको १र१ जना गरी तीन जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी पर्साको वीरगंज महानगरपालिकाका ३२, जिल्ला प्रहरी कार्यालय पर्सा, श्रीपुर प्रहरी चौकी, तीहकी, सखुवा प्रसौनी गाउँपालिका, ठाउँ नखुलेको र सेनवरियाका १र१ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ।

सिरहाको कर्जनहा र सर्लाहीको गोडैता नगरपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय