अब १५ अस्पतालबाट कोरोना संक्रमितको प्लाज्मा थेरापी बाट उपचार,यस्तो छ मापदण्ड ?

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना संक्रमित उपचारमा कन्भ्यालेसन प्लाज्माथेरापीको प्रयोगका लागि विभिन्न अस्पतालमा अनुसन्धान भइरहेको छ।  देशका विभिन्न अस्पतालबाट अनुसन्धान प्रक्रिया सुरु भइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए।

‘कोरोना संक्रमण जितेका २५ जनाले रगत दिन तयार हुनुभएको छ, उनले भने,‘ जो बिरामी सिरियस हुनुहुन्छ, माग गरेको अवस्थामा प्लाज्मा दिन्छौ।’ कोरोना भाइरसको एन्टीबडीको कन्भ्यालेसन प्लाज्मा ‘कोभिड १९’ को सिकिस्त बिरामीको लागि हाल नेपालमा विकल्पको रुपमा रहेको उनले बताए।

दर्ता र बिरामीको दुवैको इच्छामा मात्र स्वीकृतमा अनुसन्धान हुने उनले जानकारी दिए।  केहिदिन अघि नेपालमै पहिलोपटक कोरोना संक्रमित एक बिरामीको उपचारमा प्लाज्माथेरापी विधिको प्रयोग सफल भएको छ।
यि अस्पतालबाट सुरु भइरहेको छ, प्लाज्माथेरापी सम्बन्धि अनुसन्धान
–मेडिसिटी अस्पताल
–ग्राण्डी अन्तराष्ट्रिय अस्पताल
–हम्स अस्पताल
–धुलिखेल अस्पताल
–विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
–त्रिवि शिक्षण अस्पताल
–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
–शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नेपालगन्ज मेडिकल कलेज
–कोसी अस्पताल
–नारायणी अस्पताल
–भक्तपुर अस्पताल
–भेरी अस्पताल
–सेती अस्पताल
यस्तो छ दार्तामा हुर्नुपर्ने मापदण्ड
–पिसिआर पोजेटिभ बाट ‘कोभिड १९’ भएको निश्चित हुनुपर्ने
–रक्तदान गर्नुपूर्व कम्तीमा १४ दिन अगाडी ‘कोभिड १९’ सम्बन्धि लक्षण देखा नपरेको हुनुपर्ने
–रक्तदान गर्ने व्यक्तिले रक्तदान गर्दा नेपाल रेडक्रस तोकेको मापदण्ड पुरा गर्नुपर्ने
प्लाज्मा प्राप्त गर्न बिरामीमा हुनुपर्ने मापदण्ड
–१८ वर्षपुरा भएको हुनुपर्ने
–पिसिआर पोजेटिभ बाट ‘कोभिड १९’ भएको निश्चित हुनुपर्ने
–अस्पतालमा भर्ना गराई उपचार गराएको हुनुपर्ने
–बिरामीको अवस्था गम्भीर भएको हुनुपर्ने
–चिकित्सकका अनुसार बिरामीको गम्भीर अवस्थामा जान सक्ने पुष्टि हुनुपर्ने



Leave a Reply

Your email address will not be published.