थप ४ सय १८ जना कोरोना, संक्रमित संख्या २० हजार ७५० पुग्यो

सोमबार देशभर ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ४ सय १८ जनामा कोरोना संक्रमण देखिएको बताए।

यो सँगै नेपालमा २० हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। सोमबार देशभर ५ हजार ७ सय ३२ जना सक्रिय कोरोना संक्रमित रहेको डा. गौतमले बताए। हालसम्म १४ हजार ९ सय २१ जना संक्रमण निको भएका छन्।

आज मात्रै ३१८ जना कोरोना जितेर घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमणको कारणले ५७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय