डायलासिस मेसिनका ‘ब्लड पम्प’ हातैले घुमाउँछन् नर्सहरू

‘सुर्खेतमा छिनछिनमा बत्ती आउनेजाने हुँदा पंखा र बल्ब मात्र निभ्दैनन्। अस्पतालको आईसियूमा श्वास फेर्न नसकी मृत्युसँग लडिरहेका बिरामीलाई कृत्रिम श्वास प्रदान गर्ने मेसिन पनि झ्याप्प–झ्याप्प रोकिन्छ।’

कर्णालीको प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा। नवराज केसीले फेसबुकमा पोखेको दुखेसो हो यो।

उनले अगाडि लेखेका छन्, ‘बत्ती एउटा सुविधा त हो नि भनी सम्बन्धित निकायले अलिकता बेइमानी वा लापरवाही गरिरहनुभएको छ भने उहाँलाई भनिदिनुहोला, ती निर्दोष बिरामीको यमराज जस्तै हो तपाईं।’

डा। केसीद्वारा सामाजिक सञ्जालमा स्टाटस पोस्टेको केही घण्टा बित्न नपाउँदै कर्णाली प्रदेश अस्पतालमा पुग्दाको स्थिति त्यस्तै थियो।

अस्पतालको डायलासिस कक्षमा दुई पुरुष डायलासिस सेवा लिइरहेका लिए। डायलासिसको दुई मेसिन चालु थिए। हुन त अस्पतालसँग पहिले कुल चार मेसिन थिए।

डायलासिस कक्षकी प्रमुख नर्स बिन्दु कँडेलले भनिन्, ‘हामीसँग पहिले चारवटा डायलासिस मेसिन थिए। दुइटा मेसिनमा समस्या आयो। अहिले दुई मेसिनमात्र सञ्चालनमा छन्।’

अस्पताल प्रशासनले अहिले थप दुइटा डायलासिसका मेसिन पनि ल्याएको छ। नर्स कँडेलले भनिन्, ‘अब प्राविधिकले मेसिन जडान गरेपछि चारवटै मेसिनबाटै डायलासिस सेवा सुरु हुन्छ।’

उनीसँग अस्पतालमा डायलासिस सेवाबारे बुझ्न नपाउँदै बत्ती झ्याप्प गयो। नर्सले अस्पतालका अर्का कर्मचारीलाई जेनेरेटर चलाउन फोन गरिन्। सँगै भएकी अर्की नर्स कृष्णा खनाल ९समदर्शी० ले भने डायलासिस मेसिनको ‘ब्लड पम्प’ आफैंले घुमाउन थालिन्।

डायलासिस भइरहेको समयमा मेसिनमा विद्युत आपूर्ति नहुँदा रगत जम्ने खतरा हुन्छ। जसले डायलासिस गरिरहेका बिरामीको स्वास्थ्यमा सोझै असर पार्छ।

छिनछिनमा रोकिने विद्युत आपूर्तिका कारण बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै नर्सहरूलाई डायलासिस मेसिनको ब्लड पम्प घण्टा–घण्टामा घुमाउनुपर्ने बाध्यता छ।

अस्पतालको जेनेरेटरबाट विद्युत आपूर्ति हुन लगभग ५ मिनेटभन्दा अलि बढी समय लाग्यो।

आइतबार अस्पतालमा डायलासिस गराइरहेका दैलेख आठबिस नगरपालिका–१ का बिरामी गणेश सुनारले भने, ‘बत्ती गएपछि रगत जम्न सक्छ रे १ उहाँहरूले बत्ती जानासाथ मेसिन घुमाउनु हुन्छ। पटक–पटक बत्ती जाँदा मनमा डर पनि लाग्छ। कतै शरीरको नसामै रगत जम्ने हो किरु’

सुनारसँगै अर्को बेडमा रहेका डायलासिस गराइरहेका वीरेन्द्रनगर–१० का कृष्णबहादुर गौतमले भने, ‘सुर्खेतमा विद्युत आपूर्तिको व्यवस्था सहज भइदिए हुन्थ्यो।’

‘सुरुमा विद्युत आपूर्ति रोकिँदा मेसिन आफैं पनि १०–१५ मिनेट काम गर्न सक्थ्यो,’ नर्स कँडेलले भनिन्, ‘मेसिनसँग आफ्नै ब्याकअप हुन्थ्यो। अहिले मेसिन पुरानो भइसक्यो। बत्ती गएको छिनभरमै ब्लड पम्पलाई घुमाइ हाल्नुपर्छ।’

अस्पतालको आईसियू कक्षमा पनि नियमित विद्युत आपूर्ति नहुँदा समस्या सिर्जना भएको छ।

छिनछिनमा बत्ती जाँदा भेन्टिलेटरमा रहेका बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्छ। आईसियू कक्षकी नर्स प्रतिमा पन्त ९चपार्इं० ले भनिन्, ‘छिनछिनमा बत्ती जाँदा जेनेरेटर सुरु नहुँदासम्म हामी एम्बु ब्याग थिच्न थाल्छौं।’

भेन्टिलेटर मेसिनमा विद्युत आपूर्ति रोकिए भेन्टिलेटरमा रहेका बिरामीले श्वास फेर्न सक्दैनन्। विद्युत आपूर्ति रोकिएपछि बिरामीका लागि कृत्रिम श्वास आवश्यक पर्छ।

विद्युत आपूर्ति रोकिँदा आईसियू कक्षमा खटेका नर्सलाई बिरामीलाई कृत्रिम श्वासका लागि छिनभरमै एम्बु ब्याग थिच्नुपर्ने बाध्यता छ।

यो समयमा सुर्खेतमा छिनछिनमा आउने–जाने विद्युतका कारण अस्पतालको स्वास्थ्य सेवा मात्र हैन कृषि, शिक्षा, व्यापारलगायत सबै क्षेत्रमा असर पारेको छ। नेपाल लोडसेडिङमुक्त भए पनि हरेक घण्टामा ८–१० पटक विद्युत आउनेजाने हुँदा सुर्खेत अहिले लोडसेडिङको मार खेपिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले वितरण गर्दै आएको विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा परेका हुन्।

यसैगरी नियमित विद्युत आपूर्ति नहुँदा वीरेन्द्रनगर–२ मा रहेको शुभकामना अग्र्यानिक कृषि हाउसमा अहिले अण्डा बिग्रन थालेका छन्। चल्ला कोरल्न ह्याचिङ मेसिनमा राखिएका अण्डा बेलाबेलामा बत्ती आउने जाने भएपछि बिग्रन सुरु हुन्छ। कृषि फार्मका सञ्चालक राजबहादुर शाहले भने, ‘बत्ती आउने जाने भइरहनाले निकै सताएको छ।’

लकडाउनका बखत कुखुरा÷हाँसलगायतका चल्लाले बजार नपाउँदा व्यवसायमा आर्थिक भार थपिएको उनको फार्ममा अहिले भने बत्तीले निकै समस्या सिर्जना गरेको छ। शाहले भने, ‘एकछिनमा आउँछ अनि फेरि जान्छ, व्यवसायमा आर्थिक भार थपिएको छ।’

बत्तीको विकल्पका रूपमा फार्ममा जेनेरेटरसमेत व्यवस्था गरिएको छ। तर जेनेरेटरले चल्ला उत्पादनको खर्चमा वृद्वि गर्छ। उनले भने, ‘बत्तीको ठेगान छैन। जेनेरेटर लगाइरहनुपर्छ। नत्र कोरल्न राखिएका अण्डा बिग्रने सम्भावना हुन्छ। आर्थिक भार थपिन्छ।’

यता नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरी भने वीरेन्द्रनगरमा विद्युतका ट्रान्सफर्मरको क्षमताभन्दा बढी संख्यामा विद्युत् लाइन विस्तार गरिएकाले पनि विद्युत् अनियमित हुने गरेको बताउँछन्। यसका साथै मर्मतका समयमा पनि विद्युत आपूर्ति कटौती हुने उनले जनाए।

हाल वीरेन्द्रनगरमा ९५ वटा ट्रान्सफर्मर छन्। यीसबैमा क्षमताभन्दा बढीमा लाइन वितरण गरिएको छ। थप ट्रान्सफर्मर जडान गर्न समुदायले अवरोध गर्ने हुँदा समस्या भएको विद्युत् प्राविधकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ।

हाल सुर्खेतमा नेपाल विद्युत् प्राधिकरणको कोहलपुर र दैलेखको नौमुलेबाट विद्युत् आपूर्ति हुँदै आएको छ। सुर्खेतमा मागअनुसार विद्युत् भए पनि क्षमताअनुसार ट्रान्सफर्मर नहुँदा समस्या भएको वितरण केन्द्रका प्रमुख गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय