प्रदेश २ मा थप ७३ मा काेराेना, एकै वडाका ४६ जनामा स‌ंक्रमण

प्रदेश २ मा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा पर्साका ७०, बारामा दुई र एक भारतीय नागरिक गरी ७३ जनामा कोरोना पुष्टि भएको हो।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायका सक्रमितमा १२ महिला छन्।

संक्रमितमा वीरगगन्ज महानगरका एक वडाध्यक्ष र वीरगन्जका पत्रकार पनि छन्।

बाराका ७० संक्रमितमध्ये वीरगन्जका ११ श्रीपुरका ४६ जना र ९ का ८ जना रहेका छन्।

संक्रमितमा जिल्ला प्रहरी कार्यालयका चार जना प्रहरी समेत रहेका छन्। एक जना नेपाली सेनामा कार्यरत छन्।

आइतबार साँझ पुष्टि भएकामध्ये वीरगन्ज १० घडिअर्वा दुई जना तथा १३ राधेमाइ र ६ गहवका एक-एक जना छन्।

मुर्लीबगैचा, टिहुकी वडा नम्बर १५ भिसुवा, वडा नम्बर ४ विर्तामा एक-एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।

पर्साको जिराभवनी गाउँपालिका, सखुवा प्रसौनी गरी एक-एक जनामा कोरोना पोजेटिभ पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय