विश्वभर कोरोनाका दुई लाख १७ हजार संक्रमित थपिए

भारतमा कोरोना भाइरसको संक्रमणदर निरन्तर बढिरहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा ७ सय ५८ कोरोना संक्रमितको मृत्यु भएको छ। यो अवधिमा थप ५२ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा सोमबार बिहानसम्म ३८ हजार १ सय ६१ जना कोरोना संक्रमितको ज्यान गएको छ, कुल संक्रमित १८ लाख ४ हजार ७ सय २ पुगेका छन्।

तीमध्ये ११ लाख ८७ हजार २ सय २८ जना निको भएका छन्। तर, ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।

अमेरिकामा पनि कोरोना संक्रमणदर बढ्दो छ। त्यहाँ पछिल्लो २४ घन्टामा ४ सय ६७ कोरोना संक्रमितको ज्यान गएको छ। यो अवधिमा ४९ हजार ३६ जना संक्रमित थपिएका छन्।

अमेरिकामा हालसम्म १ लाख ५८ हजार ३ सय ६५ कोरोना संक्रमितको ज्यान गएको छ। कुल संक्रमितको संख्या ४८ लाख १३ हजार ६ सय ४५ पुगेको छ।

ब्राजिलमा एकैदिनमा ५ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २४ हजार ८ सय १ जना नयाँ संक्रमित फेला परेका छन्।

ब्राजिलमा हालसम्म ९४ हजार १ सय ३० संक्रमितको ज्यान गइसकेको छ, भने कुल संक्रमितको संख्या २७ लाख ३३ जार ६ सय ७७ पुगेको छ।

मेक्सिकोमा एकैदिन ७ सय ८४ कोरोना संक्रमितको मृत्यु भएको छ। ९ हजार ५ सय ५६ संक्रमित थपिएका छन्।

मेक्सिकोमा ४७ हजार ४ सय ७२ कोरोना संक्रमितको मृत्यु भएको छ, भने कुल संक्रमितको संख्या ४ लाख ३४ हजार १ सय ९३ पुगेको छ।

विश्वमा एकैदिन २ लाख १७ हजार ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ४ हजार ४ सय ४ जनाको मृत्यु भएको छ।

विश्वभर ६ लाख ९२ हजार ४ सय २० कोरोना संक्रमितको ज्यान गइसकेको छ, भने कुल संक्रमितको संख्या १ करोड ८२ लाख २६ हजार ५ सय ९७ पुगेको छ। संक्रमितमध्ये १ करोड १४ लाख ३९ हजार २ सय ६२ जना निको भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय