‘लकडाउन अन्त्यपछि कोरोनालाई हेपियो’

विदेशबाट आएकाहरु क्वारेन्टाइनमा कम हुँदै गए, केही हदसम्म संक्रमण दरसमेत घट्दै गयो। ढुकुटी रित्तिदै गएको सरकारले हठात् लकडाउन हटायो। तर लकडाउन हटाउनुको मतलव सरकार, सरोकारवाला र जनताले लत्तो छाड्ने छुट थिएन। सरकारले बढी जोखिम भएका देश वा ठाउँबाट कम जोखिम भएका क्षेत्रमा हुने आउजाउलाई व्यवस्थित गर्न सकेन्। त्यसले गर्दा उपत्यकालगायत बढी जनघनत्व भएका का क्षेत्रमा संक्रमण बढिरहेको छ केही दिनयता। सरकार अब एक किसिमले किं कर्तव्य विमूढ छ।

यही सन्दर्भमा हेल्थपोष्टनेपालका लागि दीपक दाहालले टेकु अस्पतालका चीफ कन्सल्ट्यान्ट (ट्रपिकल मेडिसिन) डा. अनुप बास्तोलासँग कुराकानी गरे। डा. बास्तोला कोभिड– १९ लडाईंमा सुरुदेखि खटिएका चर्चित फ्रन्टलाइनर हुन्। कुराकानीको अंशः

उपत्यकामा कोरोनाको संक्रमण बढेसँगै फेरी लकडाउन लगाउनुपर्ने कुरा उठिरहेको छ ? यो उपयुक्त विकल्प हो ?

पछिल्ला दिनमा बढी जनघनत्व रहेको उपत्यकाभित्रै संक्रमणको चाप बढेसँगै फेरि सामाजिक संजाल र सञ्चारमाध्याममा समेत लकडाउन लगाउनुपछ कि भन्ने वहस सुरु भएको छ । वीरगञ्जलगायत प्रदेश २ का विभिन्न ठाउँहरुमा संक्रमण नराम्रो तरीकाले फैलिइरहेको छ । उपत्यकाम पनि केसहरु बढिरहेका छन् ।

महामारीमा लकडाउनले मात्रै निकास दिने होइन। लकडाउन केका लागि भन्ने प्रश्नलाई ध्यान दिनुपर्छ । लकडाउन आम मानिसले बुझेजस्तो कोरोना नियन्त्रणको विधि होइन् । यो त कुनै पनि महामारी सामना गर्ने तयारीको प्रारम्भिक पाटो मात्र हो।

अर्थतन्त्रलाई घाटा पु‌-याएर समय किन्ने हो । हिजो पनि हामीले अब धान्न सक्दैनौ भनेरै लकडाउन खोलेका हौं । अहिले पनि छोटो समयका लागि साँच्चै हामीले के/के तयारी गनुपर्ने छ र कति सयममा गर्न सक्छौ भनेर यकिन गरेर लकडाउन गर्न सकिन्छ । तर लामो समयसम्म लकडाउन गरेर समस्याको हल हुन्न ।

उनीहरुको वसोवासको तरीका अव्यवस्थित छ, उनीहहरु संक्रमण भएको थाहा पाएपछि पनि आइसोलेसनमा बस्नुपर्ला भनेर भागीभागी हिडेको समेत पाइन्छ ।

लकडाउनको विकल्प चाँकी के हो त ?

महामारी नियन्त्रण गर्ने भनेको स्रोत नै निमिट्यान्न पारेर मात्र हो । नेपालको सन्दर्भमा कोरोनाको प्रमुख स्रोत भारत नै देखिन्छ । स्रोतमा कोरोना नघटेसम्म हामीले मात्रै यसलाई ग्राफ घटाउन सकिन्न। सुरुमा तेस्रो मुलुकबाट आएका केसहरुको व्यवस्थापनमा खासै कठिनाई भएन्। जब भारतबाट हजारौंका संख्यामा मान्छेहरु आए अनि समस्या बढ्न थाल्यो ।

त्यसलाई पनि हामीले एक हदसम्म नियन्त्रण गरिरहेकै थियौं । तर लकडाउन खोलेपछि फेरि नाका, गैरनाका, जताततैबाट आ–फ्आफ्नै ढंगले मान्छे नेपपाल आएपछि वीरगंञ्ज जस्ता ठाउँमा नराम्रो अवस्था बन्यो। उपत्यकामा पनि अहिले त्यही अवस्था छ । बाहिरबाट काठमाडौं छिरेकाहरुबाटै यहाँ क्लष्टरमा केस देखिएको छ ।

पछिल्ला दिनमा उपत्यकामा देखिएकामध्ये अधिकांश संक्रमितहरु हेर्दा तिनीहरु लकडाउन खुलेसँगै नेपालमा रोजगारीका लागि आएका कालीगढहरु छन । उनीहरु उपत्यकामा घर बनाउने काम, प्लम्बर, कार्पेन्टर, हेयर ड्रेसर, मोवाइल मर्मतलगायतका काम गर्छन्।

विशेषगरी घरवेटीहरुले पिसिआर गर्न दबाब दिएपछि जाँच्दा भेटिएकाहरु हुन् । उनीहरुको वसोवासको तरीका अव्यवस्थित छ, उनीहहरु संक्रमण भएको थाहा पाएपछि पनि आइसोलेसनमा बस्नुपर्ला भनेर भागीभागी हिडेको समेत पाइन्छ । यसरी महामारी नियन्त्रण गर्न सकिन्न ।

हाम्रो महामारी नियन्त्रणको पद्धतिलाई एकीकत र प्रभावकारी पार्नु जरुरी छ। लकडाउन भनेको त केही समय किनेजस्तो मात्रै हो । हामीले तीन महिना लकडाउन लगाएर के सबै समयको सदूपयोग गर्नसक्यौं त ? संक्रमण दरलाई रोकेर, उपचार, परीक्षण, जनशक्तिको तालिमजस्ता विषयमा तयारी गर्न मात्रै लकडाउनले काम गर्छ ।

यसैले लकडाउन खुल्ला भइरहेको अवस्थामा हामीले व्यवस्थित नगर्र्दासम्म जोखिम स्रोत रहिरहन्छ । तीन महिनाको लकडाउनमा हामीले के गर्न सकेर/नसकेर भोगेको, देखेकोबाट सिकेको कुरा नै व्यवस्थित गर्ने हो ।

सरकारले गर्नुपर्ने तयारी छ कमजोर देखिएकै छ, नागरिकको तहमा पनि महामारीमा लापरवाही गरेजस्तो लाग्दैन ?

अहिले लकडाउनको असर सीमान्तिकृत समुहमा बढी परिहरेको छ । सधै लकडाउन लगाइरहँदा एउटा समूह, भोकले, आधारभुत स्वास्थ्य सेवा नपाएर मर्ने अवस्था समेत आइरहेको छ र आउनसक्छ । त्यसैले भाइरसको सामना गर्ने अन्य वैज्ञानिक विधि र तरीका अपनाउनुपर्छ । न की निरन्तर लकडाउन । तर, नागरिकले पनि लकडाउनको अवस्था आउन नदिन हामी सचेत हुनुपर्छ भन्ने बुझ्नुपर्छ/सोच्नुपर्छ ।

अर्कोतिर, महामारी सरकार एक्लैले गरेर नियन्त्रण हुन्न । तर बढी जिम्मेवारी सरकारको हो । नागरिकले पनि मेरो जिम्मेवारी हो, कोभिडसँगै मैले लड्ने हो भन्ने सोच्नुपर्छ । अहिले त चिनेको मान्छेलाई कोरोना हुन्न भन्ने सोच देखिन्छ ।

मानिसहरु भोज गरिरहेका छन्, रेस्टुरेन्टहरुमा जम्मा भएर सेलिव्रेसन गरिरहेका छन् । राजनीतिक दलदेखि चिकित्सक, पत्रकार, कर्मचारीले समेत भौतिक दूरी, मास्कको प्रयोगविनै सामूहिक भेटघाट गरिहरेको पाइन्छ । मलाई समस्या परेकै छैन्, मेरो साथीलाईृ समस्या परेकै छैन् त्यसकारण यो मलाई केही फरक पर्दैन् भनेर ‘एसेप्टेन्स’ गरेको देखिन्छ । यो स्वीकार्यता सबैभन्दा खतरनाक छ ।

कोरोनामा स्वीकार्यता बढ्नु निकै डरलाग्दो पाटो हो । टोल, परिवार, चिनेको मान्छेमा पनि हुन्न भनेर भएन नि। अहिले नै उपत्यकाका कोभिड अस्पतालहरु भरिभराउ छन् । आइसोलेसन, आइसियु, पुग्दैन, अस्पताल पाउँदैन्, चिकित्सक भेट्न पाउँदैन् त्यसैले संवेदनशील बन्नुपर्छ । प्रदेश २ मा देखियो सामान्य मान्ने अनि काठमाडौंमा आएपछि मात्रै आत्तिने ?

सरकारले पनि लकडाउन लगाउनु नपर्ने अवस्थाका लागि के गनुपर्ला ?

भारतमा संक्रमण निरन्तर माथि उक्लिरहेको छ । अहिले पनि टेकु अस्पतालमा भर्ना भएका ४२ विरामीमध्ये अधिकांश भारतबाट आएका हुन् ।
उपत्यकामा रहेका बिरामीको ३० प्रतिशत भारतबाट आएका छन् । हामीले भेटेका, उपचार गरेका बिरामीसँग कुरा गर्दा नाकामा पटक्कै निगरानी छैन् । यातायात नचलेको अवस्थामा उनीहरु कसरी काठमाडौं आइरहेका छन् ?

यसैले लकडाउन खुल्ला भइरहेको अवस्थामा हामीले व्यवस्थित नगर्र्दासम्म जोखिम स्रोत रहिरहन्छ । तीन महिनाको लकडाउनमा हामीले के गर्न सकेर/नसकेर भोगेको, देखेकोबाट सिकेको कुरा नै व्यवस्थित गर्ने हो ।

संक्रमणको जोखिम घटाउन राज्यको उपस्थिति, अनुमगन त बढ्न पर्यो नि । महामारी कतिपय मान्छेका अनावश्यक वा जोखिम भएका मान्छेलाई ओसारेर यही जोखिमको अवस्थालाई कमाउने साधन बनेको छ । ट्याक्सीमा कयौं गुणा बढी भाडा लिएर एक ठाउँबाट अर्को गरेर पनि मान्छे काठमाडौ भित्र्याइरहेको पाइन्छ । यो कुरा त रोकिनुपर्छ ।

आसियूमा भएका आफन्तलाई हेर्न र हातसमातेर रुनसमेत नपाउँदा, हेर्न नदिएर सेनाले शव व्यवस्थापन गर्ने अवस्था कति ह्दयविदरक होला ?

काठमाडौंवासीमा यो काठमाडौंको समस्या होइन्, बाहिरको समस्या हो भनेजस्तो सोच पाइन्छ नि !

काठमाडौमा आउँदा अझै लक्षण देखिने र सघन उपचार चाहिने दरदेखि मृत्युदर पनि बढ्नसक्छ । काठमाडौंमा उक्तरक्तचाप, मोटोपन, फोक्सोका रोगी, सुगरका विरामीजस्ता इम्युनोसप्रेसिभ मान्छे र ८ प्रतिशतसम्म ६० वर्ष माथिका मान्छे छन् । यस्तो अवस्थामा रिक्स फ्याक्टर बढी भएर धान्न नसक्ने अवस्था आउँनसक्छ ।

भाइरसको कति समय रहन्न भन्ने यकीन छैन् । यस्तो अवस्थामा केही दिन लकडाउन गराएर उपत्यकाभित्र भित्रिनेको परीक्षण, आइसोलेसन, क्वारेनटाइनको प्रवन्ध गरेर खोल्न सकिन्छ । तर पहिला जस्तो २ तीन महिना लकडाउन धान्न सकिन्न ।

अहिले हामीले यो कुरालाई व्यवस्थित गरेनौ भने चिसोमा समस्य झन बढी हुनसक्कछ । जाडोमा मानिसहरु धेरै खोक्छन्, धेरै ह्याच्छिऊ गर्छन् अनि त्यस्तो अवस्थामा भाइरस स्प्रेड पनि बढी हुन्छ । दम, श्वासप्रश्वासका बिरामीलाई पनि अस्पताल जानुपर्छ । अनि अस्पतालहरुमै क्रस इन्फेक्सकनको चान्स हुन्छ । त्यसले गर्दा फैलने दर र जटिलता दुबै बढ्छ ।

नाका व्यवस्थित गर्ने, आइसोलेसन, ट्रयांकिङ, टेस्टिङ बढाएर स्रोत नै निमिट्यान्न नपारेसम्म कोरोनाको समस्या अन्त्य हुन्न ।

सबैभन्दा बढी अहिले बाहिर निस्किने मास्क लगाउँने, व्यत्तिगत दूरी कायम गर्नुपर्छ । प्रत्येकले अर्कालाई जोगाउँने कुरामा संक्रमित नभए पनि म संक्रमित हुँ भनेर सोच्ने र व्यवहार गर्नुपर्छ र त्यसैगरी मेरो अगाडी बसेको जोकोही पनि संक्रमित हुनसक्छ भनेर सावधानी लिनुपर्छ । आसियूमा भएका आफन्तलाई हेर्न र हातसमातेर रुनसमेत नपाउँदा, हेर्न नदिएर सेनाले शव व्यवस्थापन गर्ने अवस्था कति ह्दयविदरक होला ?

अहिले स्थानीय सरकारहरु छन् । उनीहरुले कम्तिमा रेन्टुरेन्टहरु, सार्वजनिक क्षेत्र, बजारहरुको अनुगमन गर्न सक्छन् त्यो का मगर्न हामीलाई केले रोकेको छ ? लकडाउन खोल्यो भन्नासाथ यसरी नै लापरवाही गर्ने हो भने, जति समय लकडाउन लगाएपनि केही काम छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय