आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन १८ गते १७:२८

आरडिटी परीक्षण नगर्नेको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आरडिटी परीक्षण नगर्ने निर्देशन दिएका हुन्।

अस्पताल, सात वटै प्रदेश र स्थानीय सरकारलाई आरडिटी परीक्षण नगर्न डा. गौतमले निर्देशन दिए। आरडिटी परीक्षणको विश्वसनियता नभएको जनस्वास्थ्य विज्ञहरुले प्रयोग नगर्नेको लागि आग्रह गरेका थिए।

तर, सरकारले विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई पनि मान्यता दिदैँ आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय