६० वर्षमाथि र १२ वर्ष मुनि बालबालिका घर बाहिर ननिस्कनु : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथि र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर नस्किनको लागि आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मन्त्रालयले सो निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं तथा धेरै जनधनत्व भएको ठाउँहरुका मानिसहरु घर बाहिर ननिस्कन आग्रह गरे।

आइतबार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर २० हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय